Hamro Patra

टीकापुर, बैशाख १२
टीकापुर नगरपालिका–५ मनिकापुर बनकट्टी टोलमा जंगली हात्तीले किसानको बालीनालीमा क्षति पु¥याएको छ । हिजो र अस्ती राती आएका जंगली हात्तीले किसानको केरा र मकै बाली नोक्सान पारेका हुन ।

टीकापुर नगरपालिका–५ का वडाध्यक्ष रामशंकर डगौरा थारुले सबैभन्दा धेरै स्थानीय किसान कलेसराम चौधरीको केरा र मकै बाली नोक्सान गरेको बताए । उनका अनुसार चौधरीको १ विगाह केरा र ५ कठ्ठा मकै बाली जंगली हात्तीले नोक्सान गरिदिएको छ । उनले अन्य स्थानीय किसानको समेत केरा र मकै बाली नोक्सान पारेको बताए ।

Khadga Memorial And Janajagriti

दुई वटा जंगली हात्ती रातिको समय गाउँ पसेका थिए । स्थानीयले लखेटेपछि हात्ती भुराखानी जंगलतर्फ गएको वडाध्यक्ष थारुले जानकारी दिएका छन ।

विगत केही वर्षअघि समेत सो ठाउँमा ठूलो संख्यामा जंगल हात्तीको बथान आएको थियो । सो बेला हात्तीको बथानले स्थानीयको बालीनाली नोक्सान पु¥याउनुका साथै टीकापुर पार्कमा समेत क्षति पु¥याएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update