Hamro Patra
लोकगायिका डीक्रा बादी सम्मानित

काठमाण्डौं, बैशाख ११
केही समयअघि एकल डेउडा गायन मार्फत काठमाडौंमा तहल्का मच्चाएकी लोकगायिका डीक्रा बादीलाई नेपाल स्रष्टा समाजले पुरस्कृत गरेको छ ।

उसले उनलाई सोमबार काठमाडौंमा ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ प्रदान गरेको हो । सम्मानमा नगद ११ हजार १ सय ११ रुपैयाँ र कदरपत्र छ ।

Khadga Memorial And Janajagriti

बादीले लोकगीतमा र्पुयाएको योगदानको कदर गर्दै सम्मानित गरिएको समाजका अध्यक्ष विधान आचार्यले जानकारी दिए । कार्यक्रममा गीतकार यादव खरेल र कवि पुष्पा खनाले उनलाई कदरपत्र र नगद प्रदान गरेका थिए ।

सुदूरपश्चिममा ठाडी भाका गायन मार्फत लामो समयसम्म एक छत्र राज गरेकी लोकगायिका डीक्रा पछिल्लो एक दशकदेखि गुमनाम थिइन् ।
उनलाई पर्यटनकर्मी युवाहरुको संस्था ‘कन्सेप्ट नेपाल’ले काठमाडौं झिकाएर ११ फागुन २०७५ का दिन राष्ट्रिय नाचघरमा एकल डेउडा गायन कार्यक्रम गरेको थियो । त्यस लगत्तै उनको चर्चा चुलिएको छ । माग बढेको छ ।

कार्यक्रममा गायिका डीक्राले केही गीत गाएर सुनाएकी थिइन् । अधिकारकर्मी दूर्गा घिमिरेको समूहले उनलाई पुरस्कारका लागि छानेको थियो ।
डीक्रालाई सम्मान गरे लगत्तै कवि पुष्पाको गीत संग्रह ‘गह पोखिएर’ बिमोचन गरिएको थियो । समाजले छापेको पुस्तकमा ९३ वटा गीत छन् ।

त्यही क्षण उनको ‘आमा’ शीर्षक गीतको म्युजिक भिडियो पनि लोकापर्ण गरियो । सार्बजनिक गरिएको थियो । बिन्दु परियारको स्वर, लक्ष्मण शेषको संगीत रहेको म्युजिक भिडियोको निर्देशन निर्मल शर्माले गरेका हुन् ।
साभारः सेतोपाटी डट कम

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update