Hamro Patra
जनकल्याण सहकारीको दशौं स्थापना दिवस

टीकापुर, असार २८
टीकापुरस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो दशौं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले सहकारी निम्न वर्गको आवश्यकता पूरा गर्ने तर्फ अग्रसर रहनुपर्ने बताए ।

उनले नगरपालिकाको अर्थतन्त्रलाई उचाईमा पुर्याउने सहकारी नीति बनाईने बताउँदै सबै सहकारीको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका रहेको बताए ।

CMA Staff

उनले अनुगमनका क्रममा केही सहकारीहरुले आफ्नो उद्देश्य विपरित काम गरेको पाईएको जानकारी दिए । ‘जे आउछ त्यसैको पछि दौडिने चलन छ’ उनले भने–‘विगतमा कति सहकारीले मल बेच्ने अनुमति पाएर पनि ब्यापारीलाई मल बेच्न लगाएका छन ।’

सहकारीका अध्यक्ष बद्रीप्रसाद भट्टाराईको अध्यक्षतामा सम्पन्न भएको स्थापना दिवसका अवसरमा टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्य, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावल, सहकारीका संस्थापक अध्यक्ष गणेश साउँद, नगरपालिका सहकारी शाखाका प्रमुख नन्द केसी, व्यवशायी टीकाराम जैशी लगायतले बोलेका थिए ।

४० जना शेयर सदस्यबाट सुरु भएको सहकारीका हाल ७८९ शेयर सदस्य छन । ती मध्ये ३३९ महिला र ४५० पुरुष रहेका छन । संस्थाको शेयर पूँजी १ करोड ३ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छ भने निक्षेप बचत २ करोड ५७ लाख २५ हजार १२९ रुपैयाँ रहेको छ ।

सहकारीले टीकापुर नगरपालिकाको वडा नं. १ देखी ५ सम्मका ३४३ जनालाई ३ करोड ९५ लाख रुपैयाँ ऋण लगानी गरेको सो अवसरमा सचिव मनोज साउँदले प्रस्तुत गरेको संक्षिप्त जानकारी विवरणमा उल्लेख छ ।

सहकारीले साधारण बचत, दैनिक बचत, गृहलक्ष्मी बचत, संस्थागत/विशेष बचत, आवधिक÷लखपति बचत, खुत्रुके/बाल बचत, ऋण संकलन र मासिक बचत गरी १ हजार ९८६ खाता सञ्चालन गरेको छ ।

हालै सहकारीले मुनुवारोडमा आफ्नो भवन समेत स्थापना गरेको छ । विगत लामो समयदेखी भाडाको घरमा सञ्चालन हुँदै आएको सहकारीले आफ्नै भवनबाट कारोवार थालेको छ ।

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update