Hamro Patra
सामाजिक सुरक्षा कोषको विरोधमा बैंकर्सहरुद्धारा प्रदर्शन

टीकापुर, असार २३

नेपाल सरकारले हालै जारी गरेको सामाजिक सुरक्षा कोषका केही प्रावधानहरुमा आपत्ती जनाउँदै बैंकर्सहरु आन्दोलनमा उत्रिएका छन् ।

CMA Staff

टीकापुर बैंकर्स क्लबको आव्हनमा टीकापुर क्षेत्रमा रहेका निजी बैंकहरुमा कार्यरत कर्मचारीहरुले सामाजिक सुरक्षा कोषका केही प्रावधानहरुप्रति आपत्ती जनाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

बैंकर्सहरुले सामाजिक सुरक्षा कोषमा श्रम ऐनको मर्म विपरीत बैंक, विमा तथा वित्तिय संस्थाका कर्मचारीहरुको हक हनन गरेको, खाईपाई आएको सेवा सुविधा घट्ने तथा तीन दशक लामो उपलब्धी गुम्ने खतरा रहेको, योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वऐच्छिक नभई बाध्यकारी बनाइएको जस्ता प्रावधानप्रति आपत्ती जनाउँदै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सम्बोधन गर्दै टीकापुरस्थित कुमारी बैंकका शाखा प्रबन्धक सुशिल ओझाले आफूहरुले नियमित कर तिर्दै मेहनतले कमाएको सम्पत्तिमा समेत सरकारले आँखा गाडेको आरोप लगाए ।

निजी बैंकहरुमा कार्यरत कर्मचारीहरु खाइपाई आएको सेवासुविधाप्रति सुन्तष्ट रहेको अवस्थामा सामाजिक सुरक्षा योजनामा ६० वर्षे बाध्यकारी प्रावधान राखिनु विभेद भएको बताए । उनले भने ‘हामीले कमाएको सम्पत्तीमा विना कुनै योगदान सरकारले बन्देज लगाउन पाइँदैन, यसको भत्सर्ना गर्दै फिर्ता लिन माग गर्दछौं ।’

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक टीकापुरका शाखा प्रबन्धक प्रकाश भट्टले विभेदकारी प्रावधान खारेजीको माग गरे । ‘ती प्रावधानहरु संशोधन नभए थप संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुनेछौं’ भट्टले भने ‘हामीले पाउँदै आएको सेवा सुविधामाथि नै सरकारले कटौती गर्ने योजना ल्याएको छ, जुन निन्दनीय छ ।’

कार्यक्रममा टीकापुरस्थित विभिन्न निजी बैंकहरुमा कार्यरत बैंकर्सहरुको उपस्थिति रहेको थियो । उनीहरुले टीकापुरको खड्ग चोकबाट इलाका प्रहरी कार्यालयसम्म कालो ब्यानरसहित प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update