Hamro Patra
बस दुर्घटनामा ज्यान गुमाउनेको सनाखत

डडेल्धुरा, बैशाख ११
डडेल्धुराको साहुखर्कमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने ५ जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा बझाङ केदारस्यु गाउँपालिकाका नरेन्द्र गुरुधामी (२५), हरुली बोहरा र कसलीदेवी गुरुधामी, बझाङकै तलकोट गाउँपालिका–४ का धनबहादुर घर्ती (४४) र भारतको बिहारका नसिर कटिहारी रहेका छन । उनीहरु सबैको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

Khadga Memorial And Janajagriti

कैलालीको अत्तरीयाबाट बझाङको चैनपुर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा बिहान पौने ५ बजेतिर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार बस दुर्घटनामा परेर ३४ जना घाईते भएका छन । ती मध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ । गम्भीर घाईते हुनेमा कैलाली गोदावरी नगरपालिका–१० का रमेस चौधरी, बझाङ्ग थलाराकी देवा बोहरा, बझाङ्ग केदारस्युका जगन्नाथ जोशी, बझाङ्ग मष्टा गाउँपालिकाका विनोद थापा र भारत विहारका महोमद गुल्जर रहेका छन् ।

बस सडकबाट सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । क्षमता बढी भार र सहचालकले गाडी चलाएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

तस्विरः पुस्कर भण्डारी/नागरिक डट कम

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update