Hamro Patra
Khadga Memorial And Janajagriti

डडेल्धुरा, बैशाख ११
धनगढीबाट बझाङतर्फ गैरहेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस आज बिहान डडेल्धुराको साहुखर्कमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ भने २४ जना भन्दा बढी घाईते भएका छन ।

भीमदत्त राजमार्ग अन्र्तगत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बिहान करिव ५ बजेतिर दुर्घटना भएको बसमा ३५ जना सवार रहेको बताईएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घटनास्थलमा ७ जनाको शव भेटिएको छ । प्रहरीले घाईतेको उद्दार थालेको छ । घाईतेलाई डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल पुर्याईएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update