Hamro Patra
बसपार्कमा मृत भेटिए एक पुरुष
Khadga Memorial And Janajagriti

धनगढी, जेठ १४

कैलालीको धनगढी स्थित बसपार्कमा एक जना सुतेको अवस्थामा मृत भेटिएका छन् । बसपार्कस्थित प्रतिक्षालयमा एक पुरुष मृत अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अन्दाजी २७-२८ वर्ष उमेरका ति पुरुष प्रतिक्षलयमा सुतेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update