Hamro Patra
नेपालकै नमुनाः टीकापुर नगरपालिका
कृष्णहरि बाँस्कोटा 

नेपालमा थुप्रै सहर, गाउँ र बस्ती छन् । तर, टीकापुर पुगेपछि कसरी सहर बसाउनुपर्ने रहेछ भन्ने बोध जो कोहीलाई हुन्छ । टीकापुर व्यवस्थित बस्ती विकासको नमूना सहर हो । यहाँका प्रत्येक घरसम्म सोझा सोझा सडकहरू पुगेका छन् । टीकापुरपार्क पनि नेपालकै नमुना पार्कमा पर्दछ ।

कैलाली जिल्लामा रहेका १३ ओटा पालिकामध्ये टीकापुर नगरपालिकाले जिरो होम डेलिभरी कार्यक्रमअन्तर्गत प्रसूति व्यथा लागेका सबै महिलालाई निःशुल्क अस्पताल पु¥याउने व्यवस्था गरेको छ । यस पालिकाले सबै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन रेडक्रससँग साझेदारी गरी नेपालका अन्य पालिकाहरूका लागि अनुशरण हुने काम गरिआएको छ । यो सहर नेपालकै ‘ग्रीन एन्ड क्लिन सिटी’ का रूपमा पनि परिचित छ । यस्तो पालिका भ्रमण गर्ने रहर लाग्ने नै भयो ।

यसै सन्दर्भमा टीकापुर नगरपालिकामा मेयर टपेन्द्रबहादुर रावलको विशेष निमन्त्रणामा पालिकामा प्रशिक्षण दिन सूचना अधिकारी रञ्जु आचार्यले आमन्त्रण गर्नु भयो । यसै अनुरूप ०७५ चैतमा सो पालिका पुगी मेयर, उपमेयर, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतका राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी लगायतसँग एक दिन विशेष अन्तक्र्रिया गरेँ । सो अन्तक्र्रियामा मेयर रावल र उपमेयर केशरीकुमारी रावल विष्ट एवं प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यलगायतका जनप्रतिनिधि र कर्मचारीले प्रदर्शन गर्नुभएको उत्साहले यस पंक्तिकारलाई टीकापुरका बारेमा केही कोर्न बाध्य गरायो ।

Khadga Memorial And Janajagriti

नौओटा वडामा विभक्त छ यस पालिकाले प्रत्येक वडा तहबाट नै एकीकृत सम्पत्ती कर असुली गर्न मिल्ने प्रबन्ध गरेको छ । यस पालिकाले आर्थिक व्यवस्थापनमा सूत्र सफ्टवेयर प्रयोगमा ल्याएको छ । साथै, रु. १० लाखभन्दा माथिका योजनाहरूमा अनिवार्य टेन्डर प्रणाली लागू गरेको छ । यस पालिकाले प्रत्येक वडामा कालोपत्रे सडक पु¥याउने लक्ष्य लिएर अघि बढेको देखिन्छ ।

यस पालिकाले अनुशरणीय रूपमा सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइको काम गरिरहेको छ । यस पालिकाले प्रत्येक वडामा सहरी स्वास्थ्य सेवा केन्द्र स्थापना गरी नागरिकमा सेवा प्रवाह गरिरहेको छ । यस पालिकाले सडक बत्तीमा ६० प्रतिशत पालिकाको र ४० प्रतिशत जनताको लागत सहभागिताको नीति अख्तियार गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, समृद्ध टीकापुर’ को नाराका साथ आफ्ना पाइला अघि बढाउँदै गएको यस पालिकाले पूर्ण खोप सुनिश्चितता पनि घोषणा गरेको छ ।

गत वर्ष रु. ३ करोड २० लाख राजस्व उठाउन सफल टीकापुर नगरपालिकाले चालू आब ०७५÷७६ मा रु. ३ करोड ६० लाख राजस्व असुलीको लक्ष्य राखेको छ । यस पालिकाले कृषि उत्पादन वृद्धि गर्न आईपिएम कृषक पाठशाला सञ्चालन गरेको छ । यसैगरी गहुँबाली बिज वृद्धि कार्यक्रम पनि सुरु गरेको छ । यस अतिरिक्त व्यवसायिक तरकारी पकेट कार्यक्रममा पनि आफूलाई संलग्न गराएको छ । टीकापुर पालिकाले सपिङ कम्प्लेक्स निर्माणको कामलाई पूरा गर्ने अठोट राखेको छ ।

नगर प्रोफाइल निर्माण गरेको यस पालिकाले शवदाह गृह निर्माणको पनि पहल गरेको छ । यो पालिका सिटीबस पार्क निर्माणमा पनि जुटेको छ । यसैगरी, पालिकाले साबिकमै निर्माण भएको टीकापुर पार्कको सञ्चालन पनि गरिआएको छ । अनेकतामा एकता र संस्कृतिमा विविधताको भावना अनुसार अघि बढेको टीकापुर पालिकाले रु ५ लाख घटिका खुद्रे योजना निषेध गरेको छ । जुनसुकै कार्यक्रमबाट ३ प्रतिशत अग्रिम कट्टी गरी मर्मत सम्भार कोषमा राख्ने यस पालिकाको नीति अन्य पालिकाहरूका लागि अनुशरणीय देखिन्छ । यसैगरी, यस पालिकाले ३ प्रतिशत रकम विपद कोषमा राख्ने गरेको छ । यस्ता कार्यहरू टीकापुरका प्रशंसनीय काम हुन् ।

टीकापुर पार्क नेपालकै एउटा प्रख्यात नमुना पार्क हो । यसलाई गुलाबको बगैँचा भनेर पनि चिनिन्छ । यो पार्क हाल नगरपालिकाको सहकार्यमा सञ्चालित छ । यस पालिकामा पर्ने कर्णालीलाई डल्फिन क्षेत्रका रूपमा पनि हेरिन्छ । विविध संस्कृति संगमसहित गठित टीकापुर नगरपालिका खाद्यान्नको भण्डार नै हो । यो नगर आफैँमा नमुना छ, तथापि, यसलाई अत्याधुनिक सहरमा रूपान्तरित गर्ने प्रयास जारी छ, जसको अगुवाइ नगरपालिकाले गरेको छ । ‘अनेकतामा एकता र संस्कृतिमा विविधता’ यस पालिकाको नारा मात्रै नभई यथार्थता पनि हो । यस पालिकालाई कैलाली जिल्लाको पूर्वी क्षेत्रको आर्थिक तथा सामाजिक अन्तरसम्बन्धको केन्द्र पनि मान्ने गरिन्छ ।

सबै कुराले विशिष्ट पहिचान बनाउन सफल भए पनि टीकापुर पालिका बाढी तथा नदी कटानको समस्याबाट ग्रस्त छ । यसैगरी, फोहोर मैला व्यवस्थापन, वातावरण प्रदूषण, खानेपानी, सडक यातायात, ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य र सार्वजनिक पर्ति जमिनमाथिको अतिक्रमण जस्ता समस्यासँग पालिका जुझ्दै छ । तथापि यो पालिका प्रत्येक वडामा कालोपत्रे सडक पु¥याउने लक्ष्यसहित आफ्नो कर्तव्यमा भिडेको छ । यी सबै मिहिनेतको फल सकारात्मक नै हुने विश्वास गर्न सकिने प्रशस्त आधार छ ।

टीकापुर पालिका नगर गौरवका योजनालाई प्राथमिकतामा राखी अघि बढेको छ । यो नगरपालिका अधुरा आयोजना सम्पन्न गर्न पनि कम्मर कसेर भिडेको देखिन्छ । यस पालिकाको एउटा राम्रो कार्यशैली भनेको सबै वडामा सन्तुलित विकासको सोच पनि हो । यो पालिका आफ्नो क्षेत्रमा विशिष्ट योगदान गर्नेलाई प्रोत्साहन र सम्मान गर्ने ध्येयमा अगाडि बढेको छ । टीकापुर बजारको मुख्य क्षेत्र, चोकलगायतका स्थानमा सिसी क्यामरा जडान गर्ने र सडक बत्ती जडान गर्ने काममा पनि पालिका गम्भीर छ ।

यो पालिका नयाँ भू–उपयोग नीति जारी गर्ने तरखरमा छ । यस पालिकाले जनतासँग नगर प्रमुख कार्यक्रममार्फत जनताको रचनात्मक सुझाब प्राप्त गरिरहेको छ । मुक्त कमैया र सुकुम्बासीको जीवनस्तर सुधारका कार्यक्रम सञ्चालनमा पालिका प्रतिबद्ध छ । अस्पतालको सेवालाई चुस्त र दुरुस्त तुल्याईँदैछ । यस क्रममा चिकित्सकको विशेषज्ञ सेवा, आइसियू सेवा, सर्पदश उपचार सेवा र सिकलसेल रोगको परीक्षण तथा उपचारमा पालिका अघि बढेको छ । यो पालिका प्रत्येक वडामा सहरी स्वास्थ्य सेवा केन्द्रको स्थापना गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी तुल्याउन जोडतोडले लागि परेको छ ।

टीकापुर नगरपालिका ‘एक वडा एक नमुना सामुदायिक विद्यालय’ को अभियानमा जुटेको छ । भविष्यका कर्णधारलाई गुणस्तरीय शिक्षाका माध्यमद्वारा प्रतिस्पर्धामा खरो उत्रिन सक्ने तुल्याउने पालिकाको लक्ष्य छ । यसैगरी, आर्थिक समृद्धिका लागि पर्यटन प्रबद्र्धन तर्फ होमस्टे सञ्चालन, ओजुवा ताल, विपी निकुञ्ज मिनी पार्क, पद्म प्रकाशेश्वर शिव मन्दिरलगायतको संरक्षण, सम्बद्र्धन र प्रचारमा पालिका जुटेको छ ।

पर्यटन सूचना केन्द्र स्थापना गर्ने र युवालाई कुक, वेटर, बेकरी, बार टेन्डर, टुरिस्ट गाइडको तालिम दिने पालिकाको लक्ष्य छ । यसैगरी दलित, जनजाती, आदिवासी समुदायका परम्परागत पेसालाई स्तोरन्नति गर्ने र आय आर्जन वृद्धि तथा रोजगारीको अवसर बढाउने पालिकाको ध्येय छ । यसका लागि सीपमूलक तालिम दिई बिउ पुँजी पनि दिनुपर्ने सुझाइएको छ । यस अतिरिक्त यस्ता उत्पादन बिक्री गर्ने कोशेली घर पनि स्थापना गर्न पालिका अग्रसर हुनुपर्छ ।

उद्यमी, व्यापारी र सहकारीकर्मीसँग सहकार्य गरी आमजनताको आर्थिक स्थिति माथि उठाउन पालिकाले कुनै कसर बाँकी राख्नु हुँदैन । यसका लागि टीकापुर पालिकाले प्रत्येक वडामा कम्तीमा एउटा नमुना सहकारी संस्था विकास गर्ने लक्ष्य निर्धारण गरेको छ । यस पालिकाले कृषि आधुनिकीकरणको सोच पनि अघि बढाएको छ । साथै फलफूल खेतीलाई प्रोत्साहन गरेको छ । कृषि उत्पादन बिक्री गरी किसानको हातमा रकम पार्न हाट बजार, कृषि उपज केन्द्र स्थापना र वाह्य बजारको प्रबद्र्धन गर्न पनि टीकापुर पालिका अग्रसर छ ।

किसानलाई प्राविधिक सेवा उपलब्ध गराउने, प्रागांरिक उत्पादनमा जोड दिने र स्थान अग्रसर जडिबुटी उत्पादनमा प्रोत्साहित गर्ने पालिकाको नीति छ । यसैगरी, बेमौसमी हरियो तरकारी खेती, केरा खेती, गोब्रे च्याउ खेती, कन्ये च्याउखेती, माछा पालन अभिवृद्धिमा पनि पालिका सक्रिय छ । यो पालिका माटो परीक्षण र कृषि बिमाको अवधारणामा पनि अघि बढेको छ । एक वडा एक उत्पादनको अवधारणा लागू गर्ने, कृषक समूह गठन गर्ने, कृषिमा सिँचाई सुविधा बढाउने र कृषि उपकरणहरूको उपयोग बढाउने कुरामा पनि टीकापुर पालिका सजग छ । यी प्रयासबाट कृषि उत्पादन वृद्धि भै कम्तीमा खाद्यान्न, हरियो तरकारी, फलफूल, माछामासु र दुग्धजन्य पदार्थमा पालिका आत्मनिर्भर हुन सक्नेछ ।

टीकापुर पालिका पशुपंक्षी विकासमा पनि भिडेको पाइन्छ । नश्ल सुधार गर्ने, रोग नियन्त्रण गर्ने, पशु हाट बजार स्थापना गर्ने, वधशाला निर्माण गर्ने, कृत्रिम गर्भधारण गर्ने र पशु बिमाको कार्यक्रम सञ्चालन गर्ने पक्षमा यो पालिका दृढ छ । साथै यो पालिका पशु र पंक्षीको अभिलेख खडा गर्दैछ । फन पार्कको विकास गर्दैछ । शिक्षातर्फ हरेक विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर र इन्टरनेट जडान गर्ने महत्वाकांक्षी योजनासहित पालिका अघि बढेको छ ।

स्कूललाई बाल मैत्री तुल्याउने, शौचालय, खेलमैदान र बगैँचा युक्त तुल्याउने तथा दिवा खाजा खुवाउने तर्फ पालिका लक्षित छ । छात्रवृत्ति, तालिम, शैक्षिक मेला, प्रदर्शनी, अवलोकन भ्रमणमा पनि पालिकाको ध्यान गएको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ भरपर्दो र गुणस्तरीय बनाउने टीकापुरको ध्येय छ । आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पु¥याउने र घरदैलो सेवा विस्तार गर्ने यस पालिकाको लक्ष्य छ । यस पालिकाले ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान सञ्चालन गरेको छ । ‘स्वास्थ टीकापुर, समृद्ध टीकापुर’ यस पालिकाको नारा हो । सकारात्मक सोचको विकास, योग शिक्षा विस्तार, कुपोषणमुक्त नगरपालिका बनाउँदै महामारी नियन्त्रणमा तालीम प्राप्त ‘¥यापिड रेस्पोन्स टिम’ खटाउने पालिकाको ‘ब्याकअप प्लान’ अन्य पालिकाका लागि अनुकरणीय छ ।

टीकापुर नगरपालिका महिला सशक्तिकरणको कार्यमा पनि अग्रसर छ । यस पालिकाले बालबालिकाको समग्र विकासमा आफ्ना पाइला अघि बढाएको छ । यस पालिकाले छाउपडी, बोक्सी, बालविवाह, जातीय विभेद, छुवाछुत, दाइजो, हिंसाजस्ता कुप्रथा विरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । यस पालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरेको छ । मानव ओसार पसार तथा बेचबिखनविरुद्ध कानुनी साक्षरता बढाएको छ । महिला हिंसा घटाउने प्रयास गरिरहेको छ ।

विभिन्न धर्म, संस्कार र संस्कृति बीच सामन्यजस्य कायम गरिरहेको छ । साथै यो पालिका स्थानीय भाषा, संस्कृति, कला आदिको संरक्षण र सम्बद्र्धनमा लागि परेको छ । टीकापुर पालिकाले भौतिक पूर्वाधारतर्फ पनि यथेष्ट ध्यान दिएको छ । सडकको दायाँ बायाँ नाली निर्माण गर्ने, उपभोक्ता समूहको कामलाई सूचकांकको आधारमा उत्कृष्ट काम गर्नेलाई परस्कृत गर्ने र एकीकृत सहरी विकास योजना तर्जुमाको प्रयासमा पनि पालिका जुटेको छ । सहरभित्र ट्राफिक व्यवस्थापन गर्ने, टीकापुर नगरलाई स्मार्ट सिटीमा रूपान्तरित गर्ने र नगर गुरुयोजना तयार गरी लागू गर्ने टीकापुर पालिकाका सपना छन् ।

निर्वाचित जनप्रतिनिधिका कर्मठ मन, बचत र कर्म सत् मार्गमा लागुन्जेल पालिकाको चौतर्फी विकास हुनेमा कुनै शंका गर्ने ठाउँ रहन्न । यसका लागि राष्ट्रसेवक कर्मचारीले पनि मन, बचन र कर्मले जनप्रतिनिधिलाई सघाउनुपर्छ । पालिकाले सबै राजनैतिक दलका नेता, उद्योग वाणिज्य संघका पदाधिकारीहरू, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतसँग निरन्तर सम्बाद गरी आपूmबाट सम्पादित कामको मार्केटिंगसमेत गर्नुपर्छ । नागरिकको सूचनाको हकअनुसार सूचना अधिकारी तोकिएको र सूचना अधिकारीबाट ३–३ महिनामा स्वतः प्रकाशनसमेत हुँदै आएको छ ।

साभारः सौर्यअनलाइन डट कमबाट

प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update