Hamro Patra
दीगो विकास समाजद्धारा स्वास्थ्य सामग्री प्रदान

टीकापुर, जेठ १३
कोरोनाको दोश्रो लहर फैलिएपछि उपचारमा सहयोग पुर्याउन दिगो विकास समाज भजनी कैलालीले स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ ।

समाजले कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँ पालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । कोरोना संक्रमितको उपचार तथा रोकथामका लागि समाजले फेस शिल्ड, स्यानिटाइजर, सर्जिकल मास्क, एन ९५ मास्क, पिपिई, पञ्जा, अक्सिमिटर तथा आइसोलेशन बेडहरु उपलब्ध गराएको हो ।

Khadga Memorial And Janajagriti

समाजका अध्यक्ष रामबहादुर सुनारले टीकापुर नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत मोहनप्रसाद अर्याल, जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी र बर्दगोरिया गाउँ पालिकाका अध्यक्ष रामबली चौधरीलाई कार्यालयमै पुगेर ती सामानहरु उपलब्ध हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य उपचारका उपकरण तथा सामानहरुले थोरै भए पनि कोरोना संक्रमणको रोकथाम तथा उपचारमा सहज हुने टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।

स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिँदै जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले संघसंस्थाहरुको योगदान र सहयोगको उच्च मुल्यांकन गरिने बताए ।

उता, बर्दगोरिया गाउँ पालिकाका अध्यक्ष रामबली चौधरीले बेडको अभावमा आइसोलेशनमा विरामी भर्ना गर्न नसकिने अवस्था थोरै भए पनि कम हुने विश्वास व्यक्त गरे । समाजले आइसोलेशन बेडसहित स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।

समाजका कार्यकारी निर्देशक लक्ष्मीदत्त भट्टले अस्टेलियन एड, अस्टेलियन लुथरन विश्व सर्भिस, लुथरन विश्व फेडेरेशन नेपालको सहयोगमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको बताए ।

आगामी दिनमा समेत स्थानीय तहलाई कोरोना रोकथाम तथा उपचारका लागि सहयोग गरिने भट्टले जानकारी दिए । समाजले कैलालीका अन्य स्थानीय तहहरुमा समेत स्वास्थ्य सामग्री उपलब्ध गराइने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update