Hamro Patra
स्थापना दिवसमा प्रेस यूनियनको राहत कोष घोषणा
Khadga Memorial And Janajagriti

टीकापुर, जेठ १३
नेपाल प्रेस यूनियनले १० लाख रुपैयाँको कोरोना राहत कोष स्थापना गरेको छ । ३० औं स्थापना दिवसको अवसरमा आयोजित भर्चुअल बैठकमा अध्यक्ष बद्री सिग्देलले कोष स्थापनाको घोषणा गरेका छन ।

उनले कोरोना संक्रमित पत्रकारहरुको उपचारमा राहत उपलब्ध गराउने उद्देश्यले राहत कोष स्थापना गरिएको बताए । उनले राहत कोषमा केन्द्रिय समितिले १ लाख रुपैयाँ र हरेक कार्य समिति सदस्यले १ हजार रुपैयाँ जम्मा गर्ने जानकारी दिए ।

अध्यक्ष सिग्देलको अध्यक्षतामा भैरहेको भर्चुअल बैठकको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विशिष्ट अतिथि नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतको सहभागिता रहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update