Hamro Patra
संस्थापक प्रदेश प्रमुख मोहनराज मल्लको निधन

टीकापुर, जेठ १३
सुदूरपश्चिम प्रदेशका संस्थापक प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । उनको कोरोना भाइरसको संक्रमणबाट निधन भएको उनका पूर्व स्वकीय सचिव धनसिँह क्षेत्रीले जानकारी दिएका छन ।

कैलालीको भजनी नगरपालिकाका बासिन्दा मल्लको काठमाण्डौंको निदान अस्पातालमा उपचारका क्रममा निधन भएको हो । पूर्व स्वकीय सचिव क्षेत्रीका अनुसार मल्लको बुधबार राति ११ बजे निधन भएको हो । मृतक मल्ल निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित थिए । उनको आज अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Khadga Memorial And Janajagriti

२१ वर्षको उमेरदेखी नै पञ्चायत कालमा राजनीतिमा सकृय मल्ल प्रजातन्त्र पुर्नस्थापनासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका थिए । उनी पछिल्लो समय नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

उनी तत्कालिन प्रधानपञ्चहुँदै वि.सं. २०३७ देखी २०४६ सम्म राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका थिए । उनी टीकापुर विकास समितिको अध्यक्ष समेत भएका थिए ।

मल्ललाई २०७४ सालको माघमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । उनी २०७६ सालको असोज १८ गते पदमुक्त भएका थिए ।

उनले पञ्चायतको राजनीति गरेपनि सधैं परिवर्तनका पक्षमा रहन्थे । पञ्चायत कालमा राजनीतिमा सकृय मल्ल स्थानीयका निकै पृय थिए । उनलाई अहिले पनि स्थानीय एक कुशल नेताका रुपमा चिन्छन ।

मल्लले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए । उनले स्नातकोत्तरमा प्रथम भएर महेन्द्र भुषण पदक पनि पाएका थिए । मल्लका १ छोरा र १ छोरी छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update