Hamro Patra
कैलालीमा निषेधाज्ञा २० गतेसम्म थपियोः मलामी जान सिडिओको अनुमति आवश्यक

टीकापुर, जेठ १२

कैलालीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्मका लागि थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको सिफारिसपछि निषेधाज्ञा थप कडा गर्दै २० गतेसम्मलाई थपिएको हो ।

कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमण र मृत्युदरमा कमी नआएपछि महामारीको संक्रमणको चेन तोड्नलाई जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ २० गतेसम्म निषेधाज्ञा थपेको हो ।

Khadga Memorial And Janajagriti

कैलालीका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश

हाल विश्वभर फैलिइरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण यस जिल्लामा समेत तीब्र रुपमा बढिरहेको हुँदा यसको रोकथाम र नियन्त्रणका निमित्त नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८र०१र२९ गते यस कार्यालयबाट जारी गरिएको आदेशमा देहायका बुँदाहरु थप तथा परिमार्जन गरी तपशिल बमोजिम हुने गरी मिति २०७८ जेठ १४ गतेदेखि मिति २०७८ जेठ २० गते राति १२ः०० बजेसम्म कैलाली जिल्लाभर लागु हुने गरी निरन्तरता दिइएको छ । सदाझैं यस आदेशको पालना गर्नु÷गराउनु सम्बन्धित सबै सरकारी÷गैरसरकारी संघसंस्था, व्यक्ति, पेशाकर्मी, उद्योगी÷व्यवसायी, सञ्चारकर्मी तथा आमनागरिकको कर्तव्य हुनेछ । यस आदेशको उल्लंघन भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

१. सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा
 अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था÷संस्थान, बीमा लगायतका सेवा हाललाई बन्द गर्ने।

२.अत्यावश्यक सामग्री खरिदका सम्बन्धमा
 खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री लगायत अत्यावश्यक सामग्रीका पसल बाहेक अन्य पसल÷व्यवसायहरु हाललाई बन्द गर्ने । खाद्य सामग्री, तरकारी, फलफूल पसल÷व्यवसायहरु हरेक मंगलबार, विहीबार र शनिबार गरी हप्ताको ३ (तीन) दिन बिहान ६ः०० बजे देखि ९ः०० बजेसम्म जनस्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण रुपमा पालना गर्ने गरी सञ्चालन गर्ने । यस अवधिमा समेत अत्यावश्यक मालसामान ढुवानीका साधन बाहेक अन्य सार्वजनिक एवं निजी सवारी साधन सञ्चालन गर्न नपाइने ।
खाद्य सामग्री, ग्रोसरी, औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालन गरेर मात्र सञ्चालन गर्ने ।
अत्यावश्यक उपभोग्य सामग्रीहरुको कृत्रिम अभाव देखाई मूल्य वृद्धि गर्ने, कालोबजारी वा जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध सिर्जना गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कडा कारवाही गर्ने ।

३.सवारी साधन सञ्चालन सम्बन्धमाः
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा १ (एक) जना कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सार्वजनिक एवं निजी सवारी साधनहरु सञ्चालनमा मिति २०७८ जेठ १४ गतेदेखि मिति २०७८ जेठ २० गते राति १२ः०० बजेसम्म रोक लगाउने ।
अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, दूध तथा दुग्धजन्य पदार्थ, खानेपानी, फोहोरमैला व्यवस्थापन, दूरसञ्चार, इन्टरनेट, आइसोलेशन र क्वारेन्टाइन) का सवारी साधनहरु स्पष्ट खुल्ने ब्यानर वा कागजातका आधारमा सञ्चालन गर्न सकिने ।
सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाका सवारी साधनको हकमा कार्यालय आवतजावतका लागि मात्र प्रयोग गर्ने गरी बिहान ०९ः३० बजेदेखि १०ः३० बजेसम्म र बेलुका ०५ः०० बजेदेखि ०६ः०० बजेसम्म सञ्चालन गर्न पाइने । अन्य अत्यावश्यक काममा सरकारी सवारी साधनको प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पासका आधारमा सञ्चालन गर्न पाइने ।
विकास निर्माण आयोजनाका हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्ने । विकास निर्माण र अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योग, कलकारखानालाई तपसिलका सुरक्षा तथा स्वास्थ्य मापदण्ड सहित सञ्चालन गर्ने ।
(क) श्रमिक र अन्य जनशक्ति अनिवार्य रुपमा कार्यस्थलमै रहनु पर्ने । निजहरुलाई खाना र बस्नको व्यवस्था कार्यस्थलमै गरी बाहिर जान र बाहिर रहेको परिवार, साथीभाइ, इस्टमित्रसँग सम्पर्क गर्न नदिने ।
(ख) सबै श्रमिकको दैनिक ज्वरो नाप्ने, सबैले मास्क र सेनिटाईजर प्रयोग तथा साबुनपानीको प्रयोग गर्ने ।
(ग) उद्योग तथा निर्माण कार्यमा संलग्न मजदूर कर्मचारीलाई एक ठाउँबाट अर्काे ठाउँमा समूहगत रुपमा ओसारपसार नगर्ने ।
(घ) संक्रमणको लक्षण देखा परेमा व्यवसायीले आईसोलेशनमा राख्ने ।
निर्माण सामग्रीका लागि प्रयोग हुने सवारी साधनहरु राति ०८ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । जिल्ला प्रशासन कार्यालयबाट यस अघि जारी गरिएका सम्पूर्ण पासहरु रद्द गरिएको छ ।
अस्पताल आउने विरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने अवस्थाका लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनुपर्ने ।

४. सभा र सम्मेलन, विवाह र ब्रतबन्ध, पूजाआजाका हकमा
 कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, तालिम, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्ग पुल, डान्स बार, सपिङ्ग मल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्न नपाइने ।
 विवाह र ब्रतबन्धको हकमा जनस्वास्थ्यका सबै प्रोटोकल र मापदण्डहरु पालना गर्ने गरी बढीमा ७ (सात) जनासम्म मात्र भेला हुने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्न पाइने । पार्टी प्यालेस, होटल आदिमा गर्न नपाइने । विवाह र ब्रतबन्धमा एक वटा मात्र सवारी साधन (बेहुला बेहुली समेत) प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्न पाइने ।
 पुजारीबाट हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाइने ।

५. आवतजावतका सम्बन्धमा
 औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक वस्तु तथा सेवा खरिद गर्दा वा प्राप्त गर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्किने । Morning walk, Evening walk बन्द गर्ने ।
 घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको दुरी कायम गर्ने र साबुनपानीले पटक–पटक हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।
६. नेपाल सरकार, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, केन्द्रीय कोभिड संकट व्यवस्थापन केन्द्र (CCMC),, प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्र PCCMC, तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC) बाट जारी भएका मापदण्ड, योजना तथा आदेशलाई पालना गर्नु सबैको कर्तव्य हुने हुँदा आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पु¥याउन व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२०, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही र सजाय हुने व्यहोरा समेत जानकारी गराइन्छ । अध्यादेशका सम्बन्धमा मिति २०७८/०२/११ मा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाबाट थप जानकारी लिनुहुन अनुरोध गरिन्छ ।
७. कोभिड–१९ को बढ्दो संक्रमणका कारण समग्र क्षेत्रमा उत्पन्न असहज परिस्थितिका बावजुद यस आदेशको पूर्ण पालना गरी र गराई कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण गर्ने यस अभियानमा सदाझैं सम्बन्धित सबै पक्ष, वर्ग र आमजनसमुदायको निरन्तर सहयोग, साथ र सहभागिताको लागि जिल्ला प्रशासन कार्यालय, कैलाली पुनः हार्दिक अपील गर्दछ ।
मितिः– २०७८/०२/१२

निर्णयहरु
१. मिति २०७८/०२/०२ गतेको DCCMC का निर्णयहरु तथा जिल्लामा लागू गरिएको निषेधाज्ञाको प्रभावकारिता र कार्यान्वयन अवस्थाबारे समीक्षा गरियो।

२. जिल्लाभित्र Covid–19 को नयाँ भेरियन्टको संक्रमण दर यथावतै रहेको र मृत्युदर पनि बढेको पाइएको हुँदा संक्रमणको Chain break गर्न थप ७ (सात) दिन निषेधाज्ञा आदेशलाई निरन्तरता दिने तथा निषेधाज्ञाको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन जिल्लामा २०७८/०२/१३ गतेसम्म जारी गरिएको निषेध आदेशलाई मिति २०७८/२/२० गते राति १२ः०० बजेसम्म निरन्तरता दिन जिल्ला प्रशासन कार्यालयलाई सिफारिश गर्ने र उक्त आदेशलाई थप कडाईपूर्वक कार्यान्वयन गर्न सबै सुरक्षा निकायहरु तथा सरोकारवालाहरुलाई अनुरोध गर्ने ।

३. अत्यावश्यक कार्यमा सवारी आवागमनलाई निम्नानुसार हुने गरी सहजीकरण हुने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्नेः–
क. मृत्यु संस्कारका लागि जानु वा फर्किनुपर्ने अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेश गर्नुपर्ने कागजातको हकमा मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपि सहितको निवेदनका आधारमा ।

ख. बिरामी तथा कुरुवाको हकमा जिल्लाभित्रका बिरामी तथा कुरुवाको अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा १ जनाले मात्र आवतजावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त विरामी भै जिल्ला बाहिर जानुपर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड÷भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपि सहित निवेदनका आधारमा ।
ग. सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर ड्युटी आवतजावत गर्न पाउने ।

घ. सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा मिति २०७८/०२/१४ गते बिहान ०१ः०० बजेदेखि मिति २०७८/०२/२० गते राति १२ः०० बजेसम्म जिल्लाभर रोक लगाउने ।

ङ. अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा १ जना कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्ला प्रवेशमा रोक लगाउने ।
च. अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध (औषधि, अक्सिजन सिलिण्डर), दूरसंचार÷इन्टरनेट मर्मत, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापन सम्बन्धी ढुवानी तथा यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी सञ्चालन गर्न पाउने ।
छ. तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंक्षीजन्य पदार्थ, भेटनरी सम्बन्धी, ईन्धन, खाना पकाउने ग्याँस, सरसफाईमा प्रयोग गरिने साबुन र स्यानिटाइजर लगायतका ढुवानी तथा यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ०९ः०० बजे देखि बिहान ०९ः०० बजेसम्म न्यूनतम संख्यामा सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
ज. अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने ।

झ. सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, इन्टरनेट प्रदायक संस्था र ल्ऋभ्ीी का सवारी साधनको हकमा बिहान ०९ः३० बजेदेखि १०ः३० बजेसम्म र बेलुका ०५ः०० बजेदेखि ०६ः०० बजेसम्म कार्यालयमा आवतजावतका लागि मात्र प्रयोग गर्ने गरी व्यवस्था मिलाउने ।

ञ. सार्वजनिक तथा निजी विकास निर्माणका कार्य स्वास्थ्य तथा सुरक्षाका मापदण्ड अवलम्बन गरी, कामदारहरुलाई आवतजावत नगरी निर्माणस्थलमै सुरक्षित तवरले बस्ने व्यवस्था मिलाई सञ्चालन गर्न पाउने ।
ट. सबै सुरक्षा निकायहरुले आ–आफ्नो युनिट अगाडी रहेको प्वाईन्टमा समेत चेक जाँज गरेर मात्र सवारी साधनलाई आवागमन गराउने ।
ठ. निर्माण सामग्रीका लागि प्रयोग हुने सवारी साधनहरु राति ०८ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
४. गृह मन्त्रालयको च.नं. ३२७० मिति २०७८/०२/०६ को पत्रानुसार मन्त्रिपरिषद्को मिति २०७८र०१र०६ को निर्णयका आधारमा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनको खर्च नेपाल सरकारले नै व्यहोर्ने भन्ने नीति रहेकोले सम्बन्धित व्यक्तिबाट यस्तो खर्च नलिई नेपाल सरकारबाट निकासा नहुन्जेलसम्म स्थानीय तहले व्यवस्था मिलाउन जिल्लास्थित सम्बन्धित स्थानीय तहहरुलाई अनुरोध गर्ने । जिल्ला बाहिर स्थायी ठेगाना भएका व्यक्तिको शव व्यवस्थापनका हकमा खर्च ब्यहोरिदिन सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई अनुरोध गर्ने ।

५. बुँदा नं. ४ का हकमा इच्छुक रहेका संघ÷संस्थालाई समेत सहयोग गर्न अनुरोध गर्ने ।

६. कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिहरुका आफन्तहरुबाट दाहसंस्कार गर्न समस्या भएमा मृतकको दाहसंस्कारका लागि स्थानीय तहहरुले जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाली सेनालाई अनुरोध गर्ने र नेपाली सेनाले त्यस्ता व्यक्तिहरुको शव व्यवस्थापन गर्दा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु स्वास्थ्य कार्यालय समक्ष माग गर्ने र स्वास्थ्य कार्यालयले स्थानीय तह, सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी माग बमोजिम स्वास्थ्य सामग्री नेपाली सेनालाई उपलब्ध गराउने ।

७. कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ स्वीकृत भई नेपाल राजपत्रमा प्रकाशन समेत भई लागू समेत भइसकेको हुँदा सो बमोजिम कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने । यसमा भएका प्रावधानहरुको कडाइका साथ पालना गरी÷गराई कोरोना नियन्त्रण गर्न÷गराउन सबै स्थानीय तह, सुरक्षा निकाय, सबै सरकारी कार्यालयहरु, सामाजिक संघसंस्थाहरु, नागरिक समाजले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्न अनुरोध गर्ने ।

८. जिल्ला भित्रका सरकारी, निजी तथा गैरसरकारी क्षेत्रले आफ्ना निकायबाट प्रदान गरिने अति आवश्यक सेवा सञ्चालन तथा व्यवस्थापन गर्न निर्धारित प्रक्रिया, समय र मापदण्ड अनुरुप तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गराई न्यूनतम जनशक्तिबाट सेवा प्रदान गर्न निर्देश गर्ने ।

९. जिल्लामा रहेका कोभिड उपचारमा संलग्न निजी तथा सरकारी अस्पतालहरुको बेड संख्या, बिरामी संख्या, भौतिक र जनशक्तिको अवस्था बारे स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत श्री लालवहादुर धामीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ, र सम्बन्धित स्थानीय तहको प्रतिनिधि समेतको टोली गठन गरी नियमित अनुगमन गरी प्रतिवेदन पेश गर्न कार्यादेश दिने ।
१०. कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकार, प्रदेश सरकारबाट भएका निर्णय कार्यान्वयन सँगै जिल्लाको आवश्यकता बमोजिम आवश्यक उपायहरु अवलम्बन गर्ने सन्दर्भमा अस्पताल लगायत बजार अनुगमनलाई निरन्तरता दिने ।

११. जिल्लामा अक्सिजनको अभाव देखिएकोले यस जिल्लामा रहेका अक्सिजन प्लाण्ट तथा डिलरहरुसँग समन्वय गरी थप अक्सिजन आपूर्ति गर्न पहल गर्न मिति २०७८।०२।०३ मा गठित समितिलाई थप क्रियाशील बनाउने र उक्त समितिले यस सम्बन्धी सुझाव सहितको प्रतिवेदन ३ (तीन) दिनभित्र म्ऋऋःऋ समक्ष पेश गर्न कार्यादेश दिने ।

१२. दैनिक उपभोग्य खाद्यान्न लगायत अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन निषेधाज्ञाको अवधिमा विभिन्न बहाना गरी अत्यावश्यक खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्यास, अक्सिजन ग्यास, स्वास्थ्य सामग्री आदिको कृत्रिम अभाव सृजना गर्ने, अस्वभाविक मूल्य वृद्धि गर्ने तथा कालो बजारी गर्ने कार्य हुन÷गर्न नदिने । वाणिज्य कार्यालयका कार्यालय प्रमुखको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, घरेलु कार्यालय, गुणस्तर कार्यालय, उद्योग वाणिज्य संघ, सम्बन्धित स्थानीय तहको प्रतिनिधि समेतको टिमबाट नियमित अनुगमन गरी कानून बमोजिम कारवाही गर्ने र सो सम्बन्धी भए–गरेका कारवाहीहरुको विवरण हरेक ३–३ दिनमा म्ऋऋःऋ समक्ष पेश गर्न कार्यादेश दिने ।

१३. कोभिड–१९ को संक्रमणका कारण उत्पन्न विषम परिस्थिति, लामो समयको खडेरी आदिका कारण जिल्लाका विभिन्न स्थानमा खाद्यान्न संकट हुन सक्ने देखिएको हुँदा यस सम्बन्धमा सम्बन्धित स्थानीय तहहरुले यथाशिघ्र अध्ययन विश्लेषण गरी आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरी खाद्यान्न आपूर्ति तथा वितरणको उचित व्यवस्था मिलाउन पत्राचार गर्ने ।

१४. जिल्लामा कृषि उत्पादनका लागि आवश्यक पर्ने मल, बीउ बिजन, कृषि औजार आदिको अभाव हुन नदिन र स्थानीय स्तरमा उत्पादन भएका तरकारी तथा फलफूलहरु बिक्री बितरणका लागि बजारसम्म ल्याउनका लागि स्थानीय तहहरुले आवश्यक गृहकार्य गरी स्थानीय प्रशासनको सहजीकरणमा समयमै उचित व्यवस्थापन गर्ने । यस कार्यको समन्वय कृषि ज्ञान केन्द्रले गर्ने ।

१५. चिकित्सकको सिफारिश बिना कसैले पनि घर वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न र भएका सिलिन्डर अस्पताल वा स्थानीय प्रशासन वा सम्बन्धित स्थानीय तहमा अविलम्ब उपलब्ध गराउन पुनः सबैमा अनुरोध गर्ने । यस कार्यको नियमित अनुगमन जिल्ला प्रहरी कार्यालयले गर्ने ।

१६. कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थापन गर्ने सन्दर्भमा जिल्लास्थित सरकारी कार्यालयका सवारी साधनहरु जुनसुकै बखत प्रयोग गर्नुपर्ने भएको हुँदा सबै कार्यालयहरुले आफ्नो कार्यालयका सवारी साधनहरुलाई चुस्त अवस्थामा राख्ने तथा सवारी चालकलाई २४ सै घण्टा क्तबलमदथ राख्ने व्यवस्था मिलाउने ।

१७. सेती प्रादेशिक अस्पतालमा कोभिड–१९ का विरामीहरुको संख्या बढ्दै गइरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरुको थप आवश्यकता परेका बखत सबै स्थानीय तहहरुले आफ्नो अन्तर्गतका स्वास्थ्यकर्मीहरुलाई आलोपालोमा खटाई सहयोग गर्ने । अस्पताल क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले आवश्यक सुरक्षा प्रबन्ध गर्ने ।

१८. संक्रमणको दर दैनिक रुपमा बढिरहेकोले संघ, प्रदेश र सबै स्थानीय तहहरुसँग समन्वय तथा सहयोग लिई स्वास्थ्य कार्यालयले ब्लतष्नभल र एऋच् प्ष्त को व्यवस्था गरी परीक्षणको दायरा बढाउन पहल गर्ने ।

१९. जारी निषेधाज्ञालाई थप प्रभावकारी बनाउन तथा कोभिड–१९ नियन्त्रण, रोकथाम तथा प्रतिकार्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नको लागि नेपाल रेडक्रस सोसाइटीको सहयोग लिने ।

२०. होम आइसोलेसनमा बस्ने संक्रमित बिरामीहरुको विवरण संकलन तथा अभिलेख अद्यावधिक गर्न सम्बन्धित स्थानीय तहले कर्मचारी खटाई फोन नम्बर सहित संक्रमितको विवरण संकलन गर्ने र सोको विवरण स्वास्थ्य कार्यालयमार्फत् जिल्ला प्रशासन कार्यालयमा नियमित रुपमा पठाउने व्यवस्था गर्ने । साथै, आइसोलेसनमा रहेका संक्रमितहरुलाई औषधि, पोषणयुक्त आहार, आयुर्वेदिक चूर्ण तथा मनोसामाजिक परामर्श गर्न स्थानीय तहहरुसँगको सहकार्य तथा संयोजनमा स्वास्थ्य कार्यालय, आयुर्वेद कार्यालय र सामाजिक संघ संस्थाहरुले घरदैलो अभियान कार्यक्रम संचालन गर्ने ।

२१. जिल्लाभरी नै निषेधाज्ञाको कडाइका साथ कार्यान्वयन गर्न, संक्रमितको संख्या बढी भएका स्थानहरुलाई सिल गर्न, तरकारी मण्डी तथा हाटबजारहरुलाई नियन्त्रण गर्न, एऋच् र ब्लतष्नभल त्भकत को दायरा बढाउन र संक्रमणको रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य लगायतका जनशक्ति परिचालन गर्न स्थानीय सुरक्षा निकायहरुसँग समन्वय गरी प्रभावकारी रुपमा काम अगाडि बढाउन सबै स्थानीय तहहरुलाई पुनः अनुरोध गर्ने ।

२२. कोभिड–१९ महामारीको यस विषम परिस्थितिमा संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अहोरात्र खटिने चिकित्सक लगायतका सम्पूर्ण स्वास्थ्यकर्मीप्रति उच्च सम्मान व्यक्त गर्दै थप उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गर्न अनुरोध गर्ने । साथै, यस कार्यमा खटिने जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी लगायत यस कार्यमा सहयोग पुयाउने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै थप क्रियाशील भई लाग्न अनुरोध गर्ने ।

२३. स्थानीय प्रशासनद्वारा जारी आदेशको संयमतापूर्वक पालना गरी सहयोग पु¥याउने सम्पूर्ण पेशाकर्मी, व्यवसायी, जिल्लाबासी आम नागरिक लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत आदेश कार्यान्वयनमा सहयोग पु¥याउन अनुरोध गर्ने र कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था आदिबाट हुँदै आइरहेको कार्य र प्रयासमा आ–आफ्नो तर्फबाट सहयोग तथा सहजीकरण गर्न जिल्लास्थित सम्पूर्ण सरकारी तथा सार्वजनिक निकाय, राजनैतिक दल, निजी तथा गैरसरकारी क्षेत्र, सञ्चार जगत लगायत सम्पूर्ण जिल्लाबासीहरुमा हार्दिक अनुरोध गर्ने ।

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update