Hamro Patra
जेसीजले गर्यो खाद्दान्न सहयोग टीकापुर

जेठ ११

टीकापुर अस्पतालमा उपचाररत विरामी तथा कुरुवालाई खाना खुवाउँदै आएको अभियानमा टीकापुर जेसिजले खाद्यान्न सहयोग गरेको छ ।

Khadga Memorial And Janajagriti

विरामी तथा कुरुवालाई खाना खुवाउँदै आएको युवा संघलाई जेसिजले खाद्यान्न सहयोग गरेको हो । टीकापुर जेसिज वर्ष २०२१ का अध्यक्ष लक्ष्मण थापाले तीन कठ्ठा चामल तथा ५ लिटर तेल सहयोग गरिएको बताए ।

बिरामीलाई स्वस्थ खाना खुवाउँदै आएको संघलाई उक्त सहयोगले मद्दत पुगेको युवा संघ शक्ति विभागका प्रमुख अशोक रावलले बताए । संघले विहान नास्ता, खाना र साँझ खाना खुवाउँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update