Hamro Patra
जैशीले सहारा घरमा जन्मदिन मनाए

टीकापुर, जेठ १०

टीकापुर नगरपालिका–३ शंकरपुरका मष्टीप्रसाद जैशीले आज सहारा घरमा आफ्नो जन्मदिन मनाएका छन । उनले सहारा घरमा रहेका बेसहारालाई खाद्यान्न सहयोग गरेर जन्मदिन मनाएका हुन ।

Khadga Memorial And Janajagriti

उनले चार कठ्ठा चामल, पाँच केजी दाल, पाँच लिटर तेल र टुथपेष्ट सहयोग गरेका छन । टीकापुर अस्पतालमा कार्यरत जैशी हरेक वर्ष बेसहारालाई सहयोग गरेर आफ्नो जन्मदिन मनाउँदै आएका छन ।

लकडाउनका कारण सहारा घरमा मनकारीहरुको संख्या घटेको सुनेपछि जैशी जन्मदिन मनाउन त्यहाँ पुगेका हुन ।

सहारा घरका सञ्चालक बलबहादुर बिष्टले जैशीको सहयोगले राहतको महशुस भएको बताए । उनले जन्मदिनको अवसरमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update