Hamro Patra
वल्र्डभिजनद्वारा २६ लाखको स्वास्थ्य उपकरण सहयोग

टीकापुर, जेठ ९

सुदूरपश्चिम प्रदेश सरकारलाई वल्र्डभिजनले आज २६ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । उसले सामाजिक विकास मन्त्रालयलाई १० थान अक्सिजन कन्सनटे«टर, २५ वटा आईसियु बेड र २५ थान हाइजेन किड प्रदान गरेको हो । हाइजेन किडमा सेनिटाइजर, साबुन लगायतका स्वास्थ्य सामाग्री रहेका छन ।

Khadga Memorial And Janajagriti

सो संस्थाले प्रदेश सरकारलाई प्रदान गरेकै मध्येबाट ३ थान अक्सिजन कन्सनट्रेटर टीकापुर अस्पताललाई प्रदान गरेको छ । संस्थाले ६ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको अक्सिजन कन्सनटेटर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपकबहादुर रावललाई बुझाएको छ ।

अक्सिजन कन्सनटेटर बुझ्दै अध्यक्ष रावलले कोरोना संक्रमित बिरामीको उपचारमा निकै सहयोग पुग्ने बताए । उनले संस्थालाई महाविपत्तीमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

संस्थाले केही दिन भित्रै प्रदेश सरकारलाई थप स्वास्थ्य उपकरण र सामाग्री प्रदान गर्ने नीति तथा सञ्चार फिल्ड प्रमुख बिनय बरालले जानकारी दिए । उनले ४२५ थान अक्सिजन सिलिण्डर, ४२५ थान पिपिई, ३८० अक्सिमिटर र ३८० थर्मल गन रहेको बताए ।

उनले अक्सिजन सिलिण्डर रिफिलमा ढिलाई भैरहेकाले थप स्वास्थ्य उपकरण र सामाग्री प्रदान गर्नमा ढिलाई भएको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update