Hamro Patra
कैलालीमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि

टीकापुर, जेठ ९

कैलालीमा थप १ शय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १ शय २९ जनामा संक्रमण पुष्टि भएको हो । ५ शय ६५ जनाको स्वाब परीक्षण गरिएकोमा ४ शय ३६ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।

Khadga Memorial And Janajagriti

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढीका ८ जना, कैलालीका अन्य स्थानीय तहका १ शय २१ जनामा कोरोना संक्रमण देखिएको हो । ।

सेती प्रादेशिक अस्पतालमा हाल ८२ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ । अस्पतालको आइसीयुमा १२ जना रहेका छन्, भने ७० जना अक्सिजन सर्पोटमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १४ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update