Hamro Patra
बाँकेको चर्चद्धारा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

टीकापुर, जेठ ७

टीकापुर अस्पतालमा कोरोनाका विरामीहरुको उपचारमा सहयोग पुर्याउन बाँकेमा रहेको एफजीटी चर्चले स्वास्थ्य सामग्री सहयोग गरेको छ । चर्चले टीकापुर अस्पताललाई पिपिई सेट, मास्क, पञ्जा, सेनिटाइजर, अक्सिमिटर तथा थर्मल गन जस्ता स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको हो ।

Khadga Memorial And Janajagriti

चर्चका पाष्टर रमेश भण्डारीसहितको टोली उक्त सामग्रीहरु टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक रावल तथा मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रेमकुमार राईलाई हस्तान्तरण गरेका हुन् ।

चर्चले १०० थान पिपिई सेट, ३००० थान सर्जिकल मास्क, २००० जोडी पञ्जा, ४०० थान सेनिटाइजर, ५ थान अक्सिमिटर र २ थान थर्मल गन प्रदान गरेको छ ।

टीकापुरमा घर भई हाल बाँकेको उक्त चर्चका पाष्टर भण्डारीले आफ्नो क्षेत्रमा कोरोना कहर बढ्दै गएका बेला थोरै भए पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको बताए । उनले ती सामग्रीहरुको प्रयोग विरामीको उपचारमा सहयोग हुने विश्वास व्यक्त गरे ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक रावलले आफ्नो क्षेत्र सम्झेर सहयोग गरेकोमा चर्चलाई धन्यवाद दिए ।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीको पहलमा ती सामग्रीहरु उपलब्ध गराइएको हो ।

टीकापुर अस्पतालमा हाल कोरोनाका ३२ जना संक्रिय संक्रमितहरुको उपचार भइरहेको छ । व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीहरुको अभावका बिच अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update