Hamro Patra
किसान सहकारीद्धारा अक्सिजन सिलिण्डर सहयोग

टीकापुर, जेठ ३

कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले टीकापुर अस्पताललाई एक शय थान सिलिण्डर अक्सिजन रिफिल गरेर हस्तान्तरण गरेको छ ।

Khadga Memorial And Janajagriti

आज संस्थाका सञ्चालक समिति सदस्य सरोजकुमार शाहले अस्पतालका डाक्टर रमेश उपाध्यायलाई सिलिण्डर हस्तान्तरण गरेका हुन् ।

किसान सहकारीले कोभिड १९ को दोस्रो भेरियन्टबाट प्रभावित बिरामीहरुलाई सहज रुपमा अक्सिजन आपूर्तिका लागि किसान अक्सिजन बैंक सञ्चालनमा ल्याएको थियो । उक्त बैंकमार्फत् सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर अस्पताल र लम्की अस्पताललाई अक्सिजन आपूर्ति गर्दै आएको सञ्चालक सदस्य शाहले बताए । आज टीकापुर अस्पतालमा अक्सिजन आवश्यकता भएका ३२ जना कोभिडका बिरामीहरुको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

सहकारी संस्थाले सञ्चालन गरेको अक्सिजन बैंकले यसअघि लम्की अस्पताललाई १५० थान रिफिल सिलिण्डर उपलब्ध गराइसकेको छ । स्थानिय अस्पतालहरुमा सिलिण्डर अभाव हुन नदिन संस्थाले अन्य संस्थासँगको सहकार्यमा खाली सिलिण्डर खरिद प्रक्रिया अघि बढाएको संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update