Hamro Patra
मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण पुष्टि

टीकापुर, जेठ ३

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Khadga Memorial And Janajagriti

मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले संक्रमण भएको पुष्टि गर्दै उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा उनको रिर्पोट पोजेटिभ आएको कुँवरले बताए ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भइरहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update