Hamro Patra
काँग्रेस नेता डा.रावललाई पितृशोक

टीकापुर, बैशाख ३१

नेपाली काँग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डाक्टर रणबहादुर रावललाई पितृशोक परेको छ ।

Khadga Memorial And Janajagriti

रावलका बुबा शेरबहादुर रावल (श्रीरावल) को १०१ वर्षको उमेरमा शुक्रबार टीकापुरस्थित घरमा निधन भएको हो । विक्रम् सम्वत १९७७ साल माघमा अछामको पुल्लेतोलामा जन्मिएका स्वर्गीय रावल साविक बाराला पुल्लेतोला गाउँ पञ्चायतका पटक पटक गरी प्रधानपञ्च भएका थिए ।

नेपाली काँग्रेस क्षेत्र नं १ कैलालीले समाजसेवी रावलको निधनमा शोक वक्तव्य जारी गर्दै निष्ठा र निस्वार्थको प्रतिमुर्ति ढलेको जनाएको छ ।

क्षेत्रीय सभापति भुवनेश्नवर अधिकारले स्व. रावलकै जोश र उत्साहले टीकापुरमा रहेको पार्टी कार्यालय निर्माण भएको बताएका छन् । स्व. रावलले पार्टी कार्यालय निर्माणका लागि १ लाख बढी रकम प्रदान गरेका थिए । उनका तीन छोरा र पाँच छोरी छन् ।

पारिवारिक श्रोतका अनुसार मृतक रावलको अन्तिम संस्कार सनकट्टीस्थित कणर्ाली नदीमा हुनेछ ।

मृतक रावलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हाम्रोपत्र समवेदना व्यक्त गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update