Hamro Patra
कञ्चनपुरमा कोरोनाबाट ९४ ले ज्यान गुमाए

महेन्द्रनगर, बैशाख २९

कञ्चनपुर जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह देखिएको छ । कोरोना संक्रमणका कारण आज मात्र ५ जनाले ज्यान गुमाएका छन । ज्यान जानेमा भिमदत्त नगरपालिकाका २, देवकोट नगरपालिकाका २ र कृष्णपुर नगरपालिकाका १ जना रहेका छन ।

Khadga Memorial And Janajagriti

उनीहरु मध्ये ४ जनाको महाकाली अस्पताल र १ जनाको धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । कोरोना संक्रमणबाट हिजो मात्रै कञ्चनपुरमा सबैभन्दा धेरै १५ जनाले ज्यान गुमाएका थिए ।

उनीहरु मध्ये १४ जनाको विभिन्न अस्पताल र १ जनाको होम आइसोलेसनमा ज्यान गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार महाकाली अस्पतालमा १०, सेती प्रादेशीक अस्पतालमा २, दोधारा स्वास्थ्य चौकी र डडेल्धुरा अस्पतालमा एकएक जनाको ज्यान गएको हो ।

कञ्चनपुर जिल्लामा हालसम्म ९४ जनाको ज्यान गएको छ । जसमध्ये १४ जनाको गतवर्ष ज्यान भएको थियो भने कोरोनाको दोस्रो भेरियन्टमा ८० जनाले ज्यान गुमाएका छन ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update