Hamro Patra
अक्सिजन प्लान्ट निर्माणमा सघाउदै पालिका

टीकापुर, बैशाख २७

टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सघाउने भएका छन । दुवै पालिकाले टीकापुर अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्ट निर्माणमा सघाउने निणर्य गरेका छन ।

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिकाले २० र जानकी गाउँपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरेका छन । दुवै पालिकाले आज अस्पताल विकास समितिलाई प्रतिवद्धता सहित पत्राचार समेत गरेका छन ।

दुईवटा पालिकाले सघाउने भएपछि अस्पतालले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण हुने अक्सिजन प्लान्टको क्षमता बढाउन पहल थालेको छ । यसअघि अस्पतालले प्रदेश सरकारले निर्धारण गरेको क्षमता अनुसार नै अक्सिजन प्लान्ट निर्माण प्रकृया थालेको थियो ।

प्रदेश सरकारको ८० लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रकृया सुरु भएको थियो । जसको क्षमता दैनिक २० सिलिण्डर भर्न सक्ने मात्रै रहेको थियो ।
दुईवटै पालिकाले बजेट थप गरेपछि दैनिक ६० सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट निर्माणको प्रकृया सुरु हुने अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जानकारी दिए ।

उनले प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको अक्सिजन प्लान्ट निर्माणको प्रकृया रोकेर पालिकाको लगानी सहितको प्रकृया थाल्ने बताए । उनले अघिल्लो प्रकृया रोक्नका लागि सामाजिक विकास मन्त्रालयको सहमति चाहिने जानकारी दिए ।

उनले मन्त्रालयले पूरानो प्रकृयालाई रोकेर पालिका सहितको लगानीमा बन्ने नयाँ प्रकृया थाल्ने अनुमति दिने बताए । ‘पूरानो प्रकृया रोक भनेर मौखिक आदेश आईसकेको छ’ उनले भने -‘नयाँ प्रकृया सुरु गर्ने गरी लिखित सहमति आउछ ।’
अक्सिजन प्लान्ट निर्माण हुन करिव डेढ महिना लाग्ने बताईएको छ । अहिले अस्पतालमा बाँकेको नेपालगञ्जबाट ब्यापारी मार्फत अक्सिजन आपूर्ती भैरहेको छ । अक्सिजन समयमा आपूर्ती हुन नसक्दा बिरामीले समस्या भोग्दै आएका छन ।

कोरोनाको दोस्रो भेरियन्ट फैलिएपछि मात्रै अस्पतालमा धेरै व्यक्तिले अक्सिजनको अभावमा ज्यान गुमाएका छन ।

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update