Hamro Patra
युनिक नेपालले पायो अन्तर्राष्ट्रियस्तरको गुणस्तर सम्मान

टीकापुर, बैशाख २७

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. ले अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट (प्रमाणपत्र) प्राप्त गरेको छ ।

Khadga Memorial And Janajagriti

अमेरिकाको वासिंगटन डिसीमा मुख्य कार्यालय रहेको स्मार्ट क्याम्पेनले बाँकेको कोहलपुरमा केन्द्रिय कार्यालय रहेको युनिक नेपाललाई अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट प्रदान गरेको हो ।

युनिक नेपाल ग्राहक सदस्य सुरक्षणमा अब्बल संस्थाको रुपमा पाइएपछि स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सात सिद्धान्त तथा १९२ मानकहरु वित्तीय संस्थाले पूणर् रुपमा पालना गरेपछि उक्त प्रमाणपत्र प्राप्त गरेको युनिक नेपालका मानव संशाधन विभाग प्रमुख मदन चौधरीले बताए ।

युनिक नेपाल कार्यकारी निर्देशक लघुवित्त विज्ञ तथा सामाजिक अभियन्ता डा.गोपाल दहितले अन्तर्राष्ट्रियस्तरको स्मार्ट सर्टिफिकेट प्राप्त गर्न संस्था सफल भएकोमा खुशी व्यक्त गर्दै नेपालको लघुवित्त क्षेत्रकै लागि एउटा उपलब्धी भएको बताए ।

युनिक नेपाल लघुबित्त वित्तीय संस्थाले सन् २०१५ सालदेखि सदस्य सुरक्षणमा स्मार्ट सर्टिफिकेट पाउनको लागि निरन्तर प्रयास गर्दै आइरहेको थियो ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.ले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु गरी ३८ वटा शाखामार्फत् सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update