Hamro Patra
Khadga Memorial And Janajagriti

ईन्दु के.सी.
सुखड,बैशाख ८

सूचनाको हक र पत्रकार आचारसंहिता सम्बन्धी दुई दिने तालिम आज सुखडमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेस समितिको आयोजनामा सुरु भएको तालिमलाई घोडाघोडी नगरपालिकाले सहयोग गरेको थियो । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष चाँदनी आचार्यको सभापतित्वमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरी रहेका थिए । तालिममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले पत्रकार आचारसंहिता र उमिद बागचन्दले सूचनाको हक सम्बन्धी प्रशिक्षण दिएका थिए । तालिममा घोडाघोडी नगरपालिकाका कार्यरत पत्रकारका साथै घोडाघोडी बहुमुखी क्याम्पसमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो।

प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update