Hamro Patra
समाचार लेख्दालेख्दैः टीकापुर अस्पतालमा थप दुई पुरुषको ज्यान गयो

टीकापुर, बैशाख २७

कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा भर्खरै थप दुई पुरुषको ज्यान गएको छ । केहीवेर अघि एक महिलाको ज्यान गएको थियो । आज मात्रै अस्पतालमा ज्यान गुमाउनेको संख्या ८ पुग्यो । हिजो पनि अस्पतालमा छ जनाले ज्यान गुमाएका थिए । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या दुई दिन यता १४ पुगेको छ ।

Khadga Memorial And Janajagriti

टीकापुर अस्पतालका अनुसार अहिले भर्खरै ज्यान गुमाउनेमा जोशीपुर गाउँपालिका वडा नं. १ का ५० वर्ष र जोशीपुर वडा नं. ५ का ६० वर्षीय पुरुष रहेका छन् । केहीवेर अघि टीकापुर नगरपालिका-१ की ४५ वर्षीया महिलाको ज्यान गएको थियो ।

योसँगै गएरातिदेखी अहिलेसम्म ज्यान जानेमा टीकापुर नगरपालिकाका ४, जानकी र बर्दगोरीया गाउँपालिकाका १/१ जना रहेका छन । अस्पतालका मेसु डा. रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका-१ का ५१ वर्षीया महिला, ७ का ६० वर्षीया महिला र ७ कै ६७ वर्षका पुरुषको ज्यान गएको छ । त्यस्तै जानकी गाउँपालिका-१ का ५८ वर्षका पुरुष र बर्दगोरीया गाउँपालिका-४ का ४५ वर्षका पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ ।

उनीहरु सबैलाई कोरोनाको लक्षण देखिएको मेसु डा. राईले जानकारी दिए । उनका अनुसार मृतक सबैमा स्वास प्रश्वास र फोक्सोमा समस्या देखिनुका साथै अक्सिजनको मात्रा कम हुँदै गएको थियो । उनीहरु मध्ये कतिपयको कोरोना पोजेटिभ रिपोर्ट आएको र कतिपयको रिपोर्ट आएको छैन ।

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update