Hamro Patra
अक्सिजनका लागि अमेरिकामा अभियान शुरु

टीकापुर, बैशाख २७

टीकापुर अस्पतालमा उपचाररत विरामीहरुलाई अक्सिजन अभाव हुन नदिन थालिएको अक्सिजन सहयोग अभियानका लागि अमेरिकामा रहेकाहरुले सहयोग अभियान शुरु गरेका छन् ।

स्वयम्सेवी संस्था टीकापुर सरोकार समूहले टीकापुर अस्पतालमा अक्सिजन सहयोग गर्नका लागि शुरु गरेको अभियानमा सहयोग गर्ने गरी अमेरिकामा रहेका टीकापुरका युवाहरुले सहयोग संकलन शुरु गरेका हुन् ।

Khadga Memorial And Janajagriti

अक्सिजनको अभावमा कुनै व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ थालिएको अभियानमा सहयोग गर्ने उद्देश्यले अमेरिका अभियान शुरुवात गरिएको कोलोराडोबाट प्रकाश विष्टले जानकारी दिए । अभियानको शुरुवात भएसँगै विभिन्न सहयोगदाताहरुले सहयोग रकम उपलब्ध गराउन थालेका छन् । सरोकार समूहसँग आवद्ध देश तथा विदेशमा रहनु भएका नागरिकले सो अभियानमा स्वऐच्छिक सहयोग गर्न सक्नेछन् ।

अभियानका लागि टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल र सरोकार समूहका सदस्य नवराज भट्टराईको नाममा बैंक खाता खोलिएको छ ।

मानवीय सेवामा राहत पुर्याउन सक्दो सहयोगका लागि हाम्रोपत्र डटकम सबैमा अपिल गर्दछ ।

खाता विवरण

A/c numer 0915751283181001

A/ c Name : Nawraj Bhattarai Upadhayaya/ Ram Bahadur Bhandari/ Deepak Bahadur Rawal

Bank Name: NIC ASIA Bank Tikapur branch

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update