Hamro Patra
अक्सिजनका लागि स्थानीय जुटेः पाँच घण्टामै ४ लाख संकलन

टीकापुर, बैशाख २६

स्वयम्सेवी संस्था टीकापुर सरोकार समूहले टीकापुर अस्पतालमा अक्सिजन सहयोग गर्नका लागि आजदेखि अक्सिजन सहयोग अभियानको थालनी गरेको छ । अक्सिजनको अभावमा कुनै व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ उक्त संस्थाले अभियानको शुरुवात गरेको हो ।

अभियानको शुरुवात भएसँगै विभिन्न सहयोगदाताहरुले सहयोग रकम उपलब्ध गराउन थालेका छन् । सरोकार समूहसँग आवद्ध देश तथा विदेशमा रहनु भएका नागरिकले सो अभियानमा स्वऐच्छिक सहयोग गर्न सक्नेछन् ।

Khadga Memorial And Janajagriti

अभियानका लागि टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल र सरोकार समूहका सदस्य नवराज भट्टराईको नाममा बैंक खाता खोलिएको छ ।

सरोकार समूहका सदस्य नवराज भट्टराईले दिएको जानकारी अनुसार अभियान घोषणाको पाँच घण्टामै ४ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ । अभियानमा देश, विदेशबाट सहयोग आइरहेको भट्टराईले बताए । सहयोगका लागि अभियानले सार्वजनिक रुपमा अपिल गरेको छ ।

मानवीय सेवामा राहत पुर्याउन सक्दो सहयोगका लागि हाम्रोपत्र डटकम सबैमा अपिल गर्दछ ।

खाता विवरण

A/c numer 0915751283181001

A/ c Name : Nawraj Bhattarai Upadhayaya/ Ram Bahadur Bhandari/ Deepak Bahadur Rawal

Bank Name: NIC ASIA Bank Tikapur branch

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update