Hamro Patra
व्यवशायी बजगाईले गरे अस्पताललाई अक्सिजन सहयोग

टीकापुर, बैशाख २६

टीकापुर अस्पताललाई एक व्यवशायीले आज अक्सिजन सिलिण्डर सहयोग गरेका छन । टीकापुरस्थित जैमनी अटोमोटिभ्स कम्पनी प्रालिका महाप्रबन्धक कृष्णप्रसाद उपाध्याय बजगाईले अस्पताललाई २१ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन ।

Khadga Memorial And Janajagriti

कोरोना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाईरहेको अवस्थामा व्यवशायी बजगाईले अस्पताललाई अक्सिजन सहयोग गरेका हुन । उनले अस्पतालमा उपचाररत बिरामीको दयनीय अवस्था देखेपछि सहयोग गरेको बताए ।

उनले अक्सिजन सहयोगका लागि सबै व्यक्तिहरुलाई आग्रह गरेका छन । यो निकै चुनौतीपूणर् अवस्था हो उनले भने हामी सबैले सकेको सहयोग गरे मात्रै पनि धेरै जनाको ज्यान जोगाउन सकिन्छ ।

व्यवशायी बजगाईले अक्सिजन सिलिण्डर सहयोग गरेपछि बिरामीको उपचारमा सहज भएको मेसु डा. रेमकुमार राईले जानकारी दिए । उनले समेत सबैलाई सहयोगका लागि आग्रह गरेका छन ।

टीकापुर अस्पतालमा उपचाररत विरामीहरुलाई अक्सिजनको अभाव देखिएको छ । आज मात्रै अस्पतालमा उपचाररत ६ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update