Hamro Patra
थप एकजनाको मृत्यु: पछिल्लो २४ घण्टामै ५ ले गुमाए ज्यान

टीकापुर, बैशाख २६

टीकापुर अस्पतालमा उपचाररत थप एक जनाको ज्यान गएको छ । यो सँगै पछिल्लो २४ घण्टामा टीकापुर अस्पतालमा ५ जनाको ज्यान गएको छ । कोरोना संक्रमणको लक्षण देखिएका उनीहरुको उपचारका क्रममा ज्यान गएको हो ।

Khadga Memorial And Janajagriti

टीकापुर अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिकाकाका तीन र जानकी गाउँपालिकाका दुई जना पुरुष रहेका छन् ।

टीकापुर अस्पतालका अनुसार टीकापुर नगरपालिका वडा नं. १ का ६० वर्ष, ५० वर्ष र ६२ वर्षीया पुरुष छन् भने जानकी गाउँपालिका वडा नं. २ का ५४ र वडा नं. १ का ५१ वर्षीय पुरुषको ज्यान गएको हो ।

दोश्रो चरणको कोरोना फैलिएपछि हालसम्म टीकापुर अस्पतालमा १३ जनाले ज्यान गुमाई सकेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update