Hamro Patra
लोपोन्मुख चराको बासस्थान

जमुना न्यूरे
सुखड, बैशाख ८
घोडाघोडी ताल क्षेत्र विभिन्न लोपोन्मुख चराहरुको बासस्थानका रुपमा विकास हुँदै गएको छ । एक अध्ययनले रैथाने र आगन्तुक चराहरुले यहाँ आफ्नो बासस्थान बनाउन थालेका छन ।

२०६७ साल असारमा बगाले सिमकुखुराले बासस्थान बनाएर बच्चा कोरलेको थियो । यो घुमन्ते चराका रुपमा चिनिन्छ । तर यसले घोडाघोडीलाई बासस्थान बनाएको छ ।

Khadga Memorial And Janajagriti

यसले नेपालमा पहिलो पटक घोडाघोडीमा प्रजनन गरेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष रहेका चराविद दयाराम चौधरी बताउँछन । उनका अनुसार हिँउदको समयमा आउने आगन्तुक चराका रुपमा रहेको बगाले सिमकुखुरा रैथाने चरा हुन थालेको छ ।

त्यस्तै गरेर जलअप्सरा नामक चरा करिब पाँच बर्ष पछि फेरि देखा परेको छ । यो रैथाने चरा भए पनि उचित ब्यवस्थापन, बासस्थान, चोरीसिकारी लगायतका कारण हराएको थियो । यो तीन वटा संख्यामा देखा परेको छ । लोपोन्मुख चराको रूपमा रहेको सुनजुरे हास पनि दुई बर्ष पछि देखा परेको छ ।

सन् २०१२ मा घोडाघोडी ताललाई दोस्रो प्रजनन केन्द्र बनाएको नादुन हास र सुनौलो टोप चरालाई यसवर्ष रेकर्ड गरिएको चराविद चौधरीले जानकारी दिए ।

घोडाघोडी तालको सुचक प्रजातिका रुपमा रहेको हरिहासले पनि प्रजनन केन्द्र बनाएको छ । विगत तीन बर्ष यता हरिहासका लागि कृत्रिम रूपमा प्रजननमा सहयोग पुगोस् भनेर गुड निर्माण गरेको छ । त्यो गुडमा चरा आउने जाने गरेपनि प्रजनन भने नगरेको चराविद चौधरीले बताए ।

सन २०१३ मा विश्व रामसार सुचिमा सुचिकृत हुँदा हरिहासको संखय एक हजार थियो । पछिल्ला वर्षमा यसको संख्या घटेको छ । चरा संरक्षण नेटवर्क कैलालीले घोडाघोडी तालमा २९९ प्रजातीका चराको रेकर्ड गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update