Hamro Patra
सुदूरपश्चिम प्रदेश प्रमुख यादवले गरे पदभार ग्रहण

धनगढी, वैशाख २४

सुदूरपश्चिम प्रदेशका नयाँ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन्। गृह जिल्ला सप्तरीबाट धनगढी आइपुगेका यादवले शुक्रबार दिउँसो १ बजे पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले जानकारी दिए।

Khadga Memorial And Janajagriti

कोभिड १९ को कारण प्रदेशका मुख्यमन्त्री लगायतका अन्य पदाधिकारीसँग पछि भेटघाट गर्ने गरी कार्यालयका कर्मचारीले स्वागत गर्दै उनको पदभार ग्रहण गरिएको हो।

यसअघिकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरेर सरकारको सिफारिसमा वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

पन्त नेकपा माओवादी केन्द्र निकट थिइन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update