Hamro Patra
कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु

टीकापुर, बैशाख २४

कैलालीको लम्कीचुहा नगरपालिकाका एक वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । वडा नम्बर ६ का ३४ वर्षीय वडा सदस्य जमानसिंह देउवाको गएराति शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

Khadga Memorial And Janajagriti

वडा कार्यालयका अनुसार लम्कीचुहाको भल्कास्थित राधास्वामीमा निर्माण गरिएको आइसोलेशनमा अक्सिजनको अभाव भएपछि उनलाई बिहीबार नेपालगञ्ज रेफर गरिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको हो ।

दोश्रो चरणको कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी सम्भवतः कैलालीकै पहिलो जनप्रतिनिधि हुन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update