Hamro Patra
हावाहुरीले केराखेतीमा लाखौंको नोक्सानी

टीकापुर, बैशाख २४

गएराति आएको हावाहुरीले कैलालीमा लाखौंको केराखेती नष्ट गरेको छ । हावाहुरीले घारी लाग्ने अवस्थामा रहेका केराका बोट ढालेको छ । हावाहुरीले जिल्लाको टीकापुर, धनगढी, चौमाला लगायतका क्षेत्रमा बढी क्षती पुर्याएको छ ।

कैलाली केरा उत्पादक संघका उपाध्यक्ष टेकेन्द्र धामीले केरा किसानले लाखौं रुपैयाँ नोक्सानी व्यहोर्नु परेको बताए । उनले प्राय सबै केराबारीमा हावाहुरीले नोक्सान गरेको बताए ।

Khadga Memorial And Janajagriti

‘कसैको धेरै र कसैको थोरै होला तर सबै बारीमा केराका बोट ढलेका छन’ उनले भने -‘घारी लाग्ने अवस्थाको केरा नोक्सान भएको छ ।’

उपाध्यक्ष धामीको टीकापुर नगरपालिका -४ बाघमारास्थित शुभम एग्रो फर्म अन्र्तगतको बेर्ना नर्सरी पूणर् रुपमा क्षति भएको छ । उनले हावाहुरीले नर्सरीमा रहेका केराका बेर्ना समेत नष्ट गरेको जानकारी दिए ।

केरा किसान हावाहुरीले नोक्सान गरेको केराको बीमा वाफतको रकम नपाएर झन धेरै समस्यामा छन । उनीहरुको केराको बीमा भएपनि सम्बन्धित कम्पनीले भुक्तानीमा समस्या देखाउने गरेका छन । किसानका अनुसार बीमा कम्पनीको भुक्तानी प्रकृया निकै झण्झटिलो हुने गरेको छ ।
‘ऋण प्रयोजनका लागि बीमा गर्नैपर्ने हुन्छ तर भुक्तानी माग गर्दा कहिल्यै भुक्तानी हुँदैन’- उपाध्यक्ष धामीले भने -‘त्यसकारण प्राय किसानले बीमा भुक्तानी माग नै गर्दैनन् ।’

कैलालीमा करिब १ हजार पाँच शय विगाह क्षेत्रफलमा केरा खेती हुने गरेको छ । सबैभन्दा धेरै टीकापुर नगरपालिकामा मात्रै ५ शय विगाह क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । टीकापुरलाई पछिल्लो समय ‘बनाना हब’ का नामले चिन्ने गरिन्छ । सरकारले समेत टीकापुरमा केराखेती बिस्तारमा पहल गरिरहेको छ ।

पछिल्लो समय जिल्लाभर केराखेती गर्नेको संख्या ह्वात्तै बढेको छ । टीकापुर नगरपालिकामा मात्रै शय जनाले केराखेती गर्दै आएका छन । केराखेतीमा मात्रै १ हजार जनाले रोजगारी पाएका छन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update