Hamro Patra
सुदूरपश्चिम कोरोनाः थप १२ ले गुमाए ज्यान

टीकापुर, बैशाख २३

सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप १२ जना संक्रमितले ज्यान गुमाएका छन् । बिहीवार मात्रै कैलाली ४ र कञ्चनपुरमा ८ गरी थप १२ जना कोरोना संक्रमितले उपचारका क्रममा ज्यान गुमाएका हुन् ।

Khadga Memorial And Janajagriti

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका ३ र बझाङका १ गरी चार जनाको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिका वडा नं. ४ का ८१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका वडा नं. ६ की ५८ वर्षीया महिलाको ज्यान गएको छ ।

त्यस्तै जोशीपुर गाउँपालिकाका ६० वर्षीया महिला र बझाङको दुर्गाथलीकी ८२ वर्षीया महिलाको कोराना संक्रमणका कारण ज्यान गएको श्रेष्ठले जानकारी दिए ।
मृत्यु भएको जानकारी दिए ।

उता, स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६, दोधारा चाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक/एक जनाको मृत्यु भएको जानकारी दिइन् ।

उनका अनुसार भीमदत्त नगरपालिका वडा नं. ३ का ७४ वर्षीय पुरुष, वडा नं. ४ का ७२ वर्षीय पुरुष, वडा नं. ५ का ४५ वर्षीय पुरुष, वडा नं. ६ का ३५ र ५७ वर्षीय पुरुष र वडा नं. ८ की ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै दोधारा चाँदनी नगरपालिका वडा नं. १ का ३१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका वडा नं. १० का ३६ वर्षीय पुरुषको पनि महाकाली अस्पतालमै मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताइन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update