Hamro Patra
टीकापुरमा ६२ सक्रिय संक्रमितः ७ को मृत्यु

टीकापुर, बैशाख २३

कोरोनाको दोश्रो लहर फैलिएसँगै टीकापुर नगरपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । टीकापुर नगरपालिकाले दिएको जानकारी अनुसार दोश्रो चरणको संक्रमणबाट ७ जनाले ज्यान गुमाएका छन् भने १२ जना निको भएर घर फर्किएका छन् ।

Khadga Memorial And Janajagriti

संक्रमित मध्ये ६० जना होम आइसोलेसनमा बसेका छन् भने ७ जना टीकापुर अस्पतालमा रहेको आइसोलेसनमा उपचार गराई रहेका छन् ।

नगरपालिकाको स्वास्थ्य प्रबद्र्धन शाखाका अनुसार हालसम्म संकलन गरिएका ४ शय ७ वटा नमूना स्वाब मध्ये २ शय २२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update