Hamro Patra
सुदूरपश्चिममा थपिए ३ शय ६९ संक्रमित

टीकापुर, बैशाख २३

कोरोना संक्रमणको दोश्रो लहर फैलिएसँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ३ शय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Khadga Memorial And Janajagriti

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६ शय ५० नमूना परीक्षण गर्दा ३ शय ६९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका १ शय १७ जना यस्तै धनगढीबाहेक कैलालीका १ शय ६१ जना र अन्य जिल्लाका ९१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

हाल अस्पतालमा ५८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये ३ जना भेन्टिलेटरमा, २० जना आइसियूमा, २८ जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना निको भई घर फर्किएका छन् भने थप १४ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update