Hamro Patra
सेती अस्पतालको इमर्जेन्सी कक्ष बिरामीले भरिएपछि भुइँमै उपचार

धनगढी, वैशाख २३

सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष कोरोना संक्रमित र लक्षण देखिएका शंकास्पद बिरामीले भरिएपछि भुइँमै उपचार गर्न थालिएको छ।

Khadga Memorial And Janajagriti

अस्पतालको इमर्जेन्सी वार्डमा रहेका १९ बेड भरिएर अस्पतालको ग्यालेरी र भर्‍याङको मुनिसमेत उपचार गर्न थालिएको हो। बिरामीको भुइँमै राखेर उपचार गर्नु परिरहेको अस्पताल स्रोतले जनाएको छ।

कोरोना संक्रमणको शंकास्पद र अरू समस्याले पनि इमर्जेन्सीमा आएकाहरूको उपचारमा शय्या अभावमा कठिनाइ सिर्जना भएको अस्पतलका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

यस्तै, नेपाली सेनाले अस्पतालमा खटिएका स्वास्थ्यकर्मीको सहयोग र उपचारका लागि इमर्जेन्सी वार्डको बाहिर टेन्ट टाँगेर अस्थायी व्यवस्था मिलाइरहेको छ।

अस्पताल प्रशासनका अनुसार सेनाले आफ्ना स्वास्थ्यकर्मी खटाएर अस्पतालमा खटिएकाको उपचार गर्नेछन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update