Hamro Patra
कोरोनामा सुदूरपश्चिमः चार दिनमा ४४ संक्रमितको मृत्यु

टीकापुर, बैशाख २२

दोश्रो चरणको कोरोना कहर फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा पछिल्लो चार दिनमा ४४ जना कोभिड-१९ संक्रमितको ज्यान गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्ला चार दिन यता ४४ संक्रमितको ज्यान गएको हो ।

Khadga Memorial And Janajagriti

तथ्यांक अनुसार २१ गते ८, २० गते १४, १९ गते १२ र १८ गते १० जना संक्रमितको ज्यान गएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा दोश्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको निर्देशनालयले जनाएको छ ।

होम आइसोलेशनमा ज्यान गुमाएका र उपचारका क्रममा प्रदेश बाहिरका अस्पतालमा ज्यान गुमाएका संक्रमितको संख्या यो तथ्याङमा छैन् । सबैभन्दा बढी कैलाली जिल्लामा ५१ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा संक्रिय संक्रमितको संख्या २ हजार ६ शय नाघेको छ । कैलालीमा १ हजार तीन शय ८३, कञ्चनपुरमा ४ शय ९४, बैतडीमा २ शय ४६, डोटीमा २ शय ५ र डडेल्धुरामा १ शय ८१ जना संक्रिय संक्रमित रहेका छन् । उता अछाममा ६७, बझाङमा ६१, दार्चुलामा पाँच र बाजुरामा दुई जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update