Hamro Patra
टीकापुर अस्पतालमा दुईसहित ६ कोरोना संक्रमितको ज्यान गयो

टीकापुर, बैशाख २२

दोश्रो चरणको कोरोना भाइरसको संक्रमणका कारण कैलालीमा थप ६ जनाको ज्यान गएको छ । कोरोना सक्रमणबाट कैलालीका ५ र कञ्चनपुरका १ जनाको ज्यान गएको हो ।

Khadga Memorial And Janajagriti

टीकापुर अस्पतालका कोरोना सम्पर्क व्यक्ति डाक्टर रमेश प्रसाद उपाध्यायले दिएको जानकारी अनुसार उपचारका लागि भर्ना भएका दुई जनाको मृत्यु भएको छ । एकजनाको इमरजेन्सी वार्ड र अर्का संक्रमितको एचडियु उपचार कक्षमा ज्यान गएको हो ।

उता, जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले हाम्रोपत्रलाई दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ७२ वर्षीय पुरुष र वडा नम्बर ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

दम सम्बन्धी समस्या भएका ७२ वर्षीय पुरुषको मंगलबार ८ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको हो भने श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ५८ वर्षीय पुरुषको मंगलबार साँझ ७ बजेको समयमा मृत्यु भएको हो ।

यस्तै कैलालीको गौरीगंगा नगरपालिका १ का ३५ वर्षीय पुरुषको र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update