Hamro Patra
पछिल्लो २४ घण्टामा २७ जनाले जिते कोरोना

टीकापुर, बैशाख २२

दोश्रो चरणको कोरोना फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांकअनुसार प्रदेशका विभिन्न जिल्लाका २७ जना कोरोना जितेर घर फर्किएका हुन् ।

Khadga Memorial And Janajagriti

यस्तै प्रदेशमा मंगलबार ६ शय ९९ जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन विधिबाट एक हजार ९ शय ४४ जनाको परीक्षण गर्दा ६ शय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

एन्टिजेन विधिबाट एक हजार २ जनाको परीक्षण गर्दा २ शय ५३ जना र पीसीआर विधिबाट ९ शय ४२ जनाको परीक्षण गर्दा ४ शय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै २४ घण्टामा थप ८ जनाको कोरोना कारण मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १ शय ३४ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update