Hamro Patra

बैतडी, बैशाख २१

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा सोमबार चट्याङ लागेर मृत्यु वडा सदस्यको शव बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

Khadga Memorial And Janajagriti

पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्द सिंह भण्डारीको चट्याङ लागेर मृत्यु भएपछि पोष्टमार्टमका शव लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले दिएको जानकारी अनुसार पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो ।

जीप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीत सिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

सडकबाट जिप झण्डै ५०० मिटर तल खसेको स्थानीयले बताएका छन । गाडीमा १२ जना सवार रहेको अनुमान गरिएको छ । गाडी के कति कारणले दुर्घटना भयो भन्ने बारेमा खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update