Hamro Patra
इमरजेन्सीमै गुमाए तीन जनाले ज्यानः विहानै ६ जनाको मृत्यु

टीकापुर, बैशाख ६

दाश्रो चरणको कोरोना भाइरस फैलिएसँगै सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमै तीन जनाको मृत्यु भएको छ ।

Khadga Memorial And Janajagriti

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले हाम्रोपत्रलाई दिएको जानकारी अनुसार उपचारका क्रममा मृत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुष, दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का ६६ वर्षीय पुरुष र बझाङका २६ वर्षीय पुरुष रहेका छन् ।

दार्चुलाका पुरुषको सोमबार राति ९ बजे, बझाङका पुरुषको साढे १० बजे र कञ्चनपुरका पुरुषको मंगलबार बिहान ३ बजेको समयमा इमरजेन्सी वार्डमै मृत्यु भएको हो । उनीहरु तीनै जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

यो सँगै कोरोना संक्रमणबाट कैलालीमा मंगलवार छ जनाको ज्यान गएको छ । कोरोना भाइरस संक्रमणबाट धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ती पुरुषको सोमबार राति साढे ११ बजे र महिलाको मंगलबार बिहान साढे २ बजे मृत्यु भएको जोशीले हाम्रोपत्रलाई बताए ।

मृत्यु भएका पुरुषको सोमबार मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना गरी एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो भने महिलाको गत १२ गते पीसीआर रिर्पोट पोजेटिभ आएको थियो ।

यस्तै अस्पतालमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको मृत्यु भएको छ । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएका उनको मंगलवार विहान २ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जोशीले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update