Hamro Patra
एकै दिन १४ को मृत्यु

टीकापुर, बैशाख २१

कोरोना संक्रमणको दोश्रो लहर फैलिएसँगै पछिल्लो एक साता यता सुदूरपश्चिममा मृत्युदर बढ्दै गएको छ ।

Khadga Memorial And Janajagriti

सोमवार मात्र सुदूरपश्चिमका विभिन्न अस्पतालमा उपचार गराई रहेका १४ जनाको एकैदिन ज्यान गएको छ । यो अहिलेसम्मकै सर्वाधिक संख्या हो । सोमवार कंचनपुरमा ६, कैलालीमा ५, बझाङमा २ र दार्चुलामा १ गरि १४ जना संक्रमितको ज्यान गएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसअघि आइतवार एकैदिन १२ जनाको ज्यान गएको थियो ।

कोरोनाको दोश्रो लहरको संक्रमणले बैशाखको दोश्रो सातादेखि मृत्युदर बढेको हो । गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको सुदूरपश्चिममा संक्रमण देखिएको दुई महिनापछि २०७७ जेठ १८ गते पहिलो संक्रमितको मृत्यु भएको थियो ।

दोश्रो लहर शुरु हुन अघिसम्म कोरोनाको संक्रमणले सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ५७ जना मात्र रहेको स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक छ । यो सुदूरपश्चिमका अस्पातलमा मात्र मृत्यु भएका संक्रमितको संख्या हो ।

बैशाख १ गतेदेखि सोमवारसम्म ६९ जनाको कोरोना संक्रमणले मृत्यु भएको निर्देशनालयका हेमराज जोशीले जानकारी दिएका छन् । बैशाख ४ गते १ जनाको मृत्यु भएकोमा बैशाख ९ गते दोश्रो जनाको मृत्यु भएको थियो ।

बिहीवार यता ५ दिनमा मात्र ५२ जनाको संक्रमणबाट ज्यान गएको छ । सुदूरपश्चिममा अहिलेसम्म २ हजार २ शय ४३ सक्रिय संक्रमित रहेका छन् । पहिलो र दोश्रो चरण गरेर कोरोना संक्रमणबाट सुदूरपश्चिममा अहिलेसम्म १ शय २६ जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update