Hamro Patra
साँस्कृतिक सम्मिलन सुरु

अमरावती, बैशाख ७
जानकी गाउँपालिका–९ अमरावतीमा आजदेखी सामाजिक, साँस्कृतिक एकता र आर्थिक सम्वृद्धिका लागि साँस्कृतिक सम्मिलन सुरु भएको छ ।

नेपाल जातीय संग्रालयले आयोजना गरेको सम्मिलनको एक समारोहकाबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन ।

Khadga Memorial And Janajagriti

संग्रालयका अध्यक्ष मदनकुमारी शाह गरिमाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका वन वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, प्रदेश सरकारका साँसद, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।

दुई दिने सम्मिलनमा सुदूरपश्चिमा रहेका विभिन्न जातजातिको कला र संस्कृति प्रस्तुत गरिएको छ । सोही ठाउँमा विभिन्न खानपानका स्टलहरु समेत राखिएका छन ।

यसका साथै सम्मिलन स्थलमा सुदूरपश्चिमका विभिन्न पर्यटकीय क्षेत्रका फोटोहरु समेटिएको फोटो प्रदर्शनी समेत राखिएको छ । प्रदर्शनीमा राखिएका सबै फोटोहरु फोटो पत्रकार राजेन्द्र थापाले खिचेका हुन ।

 

प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update