Hamro Patra

टीकापुर, बैशाख २०

सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा गंगाप्रसाद यादव नियुक्त भएका छन् ।

Khadga Memorial And Janajagriti

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेशमा यादवलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । उनी प्रदेश प्रमुखमा नियुक्त हुने तेश्रो व्यक्ति हुन् । यसअघि शर्मिला कुमारी पन्त र मोहनराज मल्ल प्रदेश प्रमुख रहेका थिए ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त गरिएको हो । यस्तै गण्डकी प्रदेशमा सीता पौडेललाई नियुक्त गरिएको छ ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेश प्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध भएपछि सरकारले उनीहरुलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गर्न यादव र पौडेलको नाम सिफारिस गरेको थियो ।

माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update