Hamro Patra
थप १ शय २८ जनामा कोरोना संक्रमण पुष्टि

टीकापुर, बैशाख २०

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा १ शय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Khadga Memorial And Janajagriti

प्रयोगशालामा गरिएको ४ शय ४८ नमूना परीक्षणमा १ शय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा धनगढीका ५४ जना, धनगढी बाहेक कैलालीका ६९ जना र अन्य जिल्लाका ५ जना छन् ।

श्रेष्ठले दिएको जानकारी अनुसार हाल अस्पतालमा ५५ जना कोरोना संक्रमतिको उपचार भइरहेको छ । ती मध्ये तीन जनालाई भेन्टिलेटर र १४ जनालाई आइसीयु राखिएको छ ।

त्यस्तै ३३ जनालाई अक्सिजन दिएर उपचार भइरहेको छ भने ५ जनाको अवस्था सामान्य रहेकाले साधारण बेडमा राखिएको छ ।
यस्तै अस्पतालमा सोमबार पाँच जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update