Hamro Patra
मन्त्री भट्टद्धारा गेटा मेडिकल कलेजको निरीक्षण

धनगढी, बैशाख २०

सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्दै जाँदा गेटास्थित गेटा मेडिकल कलेजमा भोलिदेखि आइसोलेसन बनाइने भएको छ ।

Khadga Memorial And Janajagriti

निर्माण सम्पन्न भएको कलेजको मुख्य भवनलाई आइसोलेसन बनाउन भोलिदेखि थालिने भएको हो ।

आइसोलेसन निर्माणका लागि आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निरीक्षण गरेका छन् ।

उक्त भवनमा आइसोलेसन बनाउन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई निर्देशन दिएसँगै सोमबार भट्ट सहितको टोलीले निरीक्षण गरेको हो ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएपछि यहाँ अस्पतालहरु भरिभराउ छन् । कोरोना संक्रमितलाई सहज उपचारका लागि सञ्चालनमा ल्याउन लागिएको आइसोलेसन ५ शय बेडको रहने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update