ह्युमानिटी फाउण्डेसनद्धारा सेती अस्पताललाई अक्सिजन सहयोग
धनगढी, बैशाख २०
मानवीय कार्यमा संक्रिय रहँदै आएको ह्युमानिटी फाउण्डेशन धनगढीले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।
फाउण्डेसनका सदस्यहरुको सहयोगमा सोमबार बिहान पहिलो चरणमा ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको ह्युमानिटी फाउण्डेसन नेपालका संस्थापक श्याम तायलले बताए ।
उनका अनुसार आज नै २२ सिलिण्डर डडेल्धुरा अस्पताललाई उपलब्ध गराउने जनाएको छ । यस्तै कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिण्डर र टीकापुर अस्पताललाई २० सिलिण्डर उपलब्ध गराउने फाउण्डेसनले जनाएको छ ।
अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले सो अभियान सञ्चालन गरेको फाउण्डेसन जनाएको छ । अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले एक शय खाली सिलिण्डर उपलब्ध गराउन अपिल गरेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८ ०८:०५
प्रतिक्रिया दिनुहोस्