Hamro Patra
सुदूरपश्चिममा आइतवार ३२ जनाले जिते कोरोना

टीकापुर, बैशाख २०

दोश्रो चरणको कोरोना फैलिएसँगै संक्रमित विरामहरुको संख्या बढ्दै गए पनि पछिल्ला केही दिन यता कोराना जिते घर फर्किनेको संख्या बढ्न थालेको छ । आइतवार मात्र विभिन्न अस्पतालबाट ३२ जना संक्रमित कोरोनालाई परास्त गर्दै घर फर्किएका छन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले दिएको जानकारी अनुसार हालसम्म प्रदेशभर कोरोना पुष्टि भएका १४ हजार ३ शय ३० जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणबाट सुदूरपश्चिममा मृत्यु हुनेको संख्या १ शय १२ पुगेको छ ।

Khadga Memorial And Janajagriti

पहिलो र दोश्रो चरणको गरेर हालसम्म सुदूरपश्चिममा रहेका विभिन्न प्रयोगशालामा पीसीआर र ऐन्टिजेन विधिबाट १ लाख ८३ हजार ९ शय ४५ नमूना परीक्षण गरिएको छ । जसमध्ये १९ हजार ३ शय ९२ जनामा संक्रमण फेला परेको छ ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

आइतबार सुदूरपश्चिम प्रदेशका छ वटा प्रयोगशालामा ६ शय ५१ नमूना पीसीआर परीक्षणमा २ शय ६० तथा ८ शय २७ नमूना ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ शय १४ जना संक्रमित भएका छन् ।

दुवै विधिबाट कूल १ हजार ४ शय ७८ नमूना परीक्षण गर्दा ४ शय ७४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ शय ७१ नमूना परीक्षण गर्दा १ शय २४ जना, महाकाली अस्पतालमा ५३ नमूना परीक्षण गर्दा ४३ जना, डडेल्धुरा अस्पतालमा ५८ नमूना परीक्षण गर्दा ३१ जना, जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ३६ जनाको नमूना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै जिल्ला अस्पताल बैतडीमा ९४ नमूना परीक्षण गर्दा २७ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ३७ जनाको नमूना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update