Hamro Patra
कोरोनाले लियो संविधान सभा सदस्य चौधरीको ज्यान

टीकापुर, बैशाख १९

दोश्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ ।

Khadga Memorial And Janajagriti

धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

कलेजो र मृगौलाको समस्याले ग्रसित उनी शनिबार अस्पताल भर्ना भएकी थिइन् । आज उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएका थियो ।

आइतवार एक्कासी स्वास्थ्यमा समस्या आएर उनको ज्यान गएको बताइएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका-६ बागमारा निवासी ४४ वर्षीया चौधरी २०७० सालको संविधान सभामा नेकपा एमालेबाट संविधान सभा सदस्य थिइन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update